गण्डक न्यूज, पोखरा । पोखरामा जलश्रोत विज्ञका रुपमा चिनिने डा. गोपाल शिवाकोटी (चिन्तन) ठगी आरोपमा काठमाण्डौमा पक्राउ परेका छन् । पृथ्वीनारायण (पिएन) क्याम्पस पोखराका सहप्रध्यापक चिन्तनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले २ करोड ७६ लाख रुपैयाँ भन्दा बढी ठगी गरेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
सहप्राध्यापक शिवाकोटीलगायतले कानुन विश्वविद्यालय खोल्ने भन्दै २ करोड ७६ लाख ठगी गरेको बुझिएको छ । कीर्तिपुर बस्दै आएका चिन्तनलाई प्रहरीले मंगलबार उनको घरबाट नियन्त्रणमा लिएर ठगी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । शिवाकोटीसँगै नुवाकोटका बद्रिकुमार थापा पनि पक्राउ परेका छन्। थापा बाँनियाटारबाट पक्राउ परेका हुन् ।
उनीहरु मिलेर ६६ जना भन्दा बढी व्यक्तिलाई ठगी गरेको पाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त लामाले बताएका छन् । शिवाकोटीको समूहले मञ्जुश्री एजुकेसन एकेडेमी प्रालिको नाममा कानुन विश्वविद्यालय स्थापना गर्ने भन्दै ठगी गरेको प्रहरीले जनाएको छ।
गोपाल शिवाकोटी ‘चिन्तन’ले लामो समय नेपाल ल क्याम्पस काठमाडौंमा प्रध्यापन गरेका थिए । उनले कानुनमै अमेरिकाबाट एल.एल.एम र पिएचडी समेत गरेका हुन् । अन्तर्राष्ट्रिय कानुन र मानव अधिकारको विज्ञका रुपमा उनलाई चिनिन्छ । पूर्व न्यायाधीशहरु र दर्जनौं कानुन व्यवसायीहरुलाई ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु