ललितपुर नख्खुस्थित एनसेल कार्यालयको गेट अगाडि शुक्रबार राति बम विस्फोटको घटना लगत्तै पोखराको एनसेल टावरमा पनि आगजनी गरिएको छ । पोखरा २७ चन्द्रकालिका डाँडाको नाकस्थित एनसेलको टावरमा आगजनी हुँदा टावरमा पूर्ण क्षति पूगेको प्रहरीले जनाएको छ ।
शुक्रबार राति करीब १० बजेको समयमा आगजनी गरिएको कास्की प्रहरीले जनाएको छ । टावरमा आगजनी भएपछि दमकल बोलाइएको र दमकल नपुग्दै टावर कामै नलाग्ने गरी ध्वस्त भएको बताईन्छ । एनसेलको टावर जलेसँगै लेखनाथ क्षेत्रमा विद्युत र इन्टरनेटको लाइन काटिएको स्थानीयले जनाएको छ । अरबौं कर तिर्न बाँकी एनसेललाई सर्वोच्च अदालतले कर बुझाउन ताकेता गरिसकेको छ ।
आजै ललितपुर नख्खुस्थित एनसेल कार्यालयको गेट अगाडि बम विस्फोटबाट दुई महिला र एक पुरुष घाइते भएका थिए । घाइते हुनेहरुमा सिंहप्रताप गुरुङ, प्रतिक्षा खड्का र अनुषा डंगोल छन् । घाइते मध्ये गुरुङको अवस्था गम्भीर छ । उनको अल्का अस्पतालमा उपचार भइरहेको प्रहरी स्रोतको भनाइ छ ।
अन्य दुई जनाको बीएन्डबी र मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । शुक्रबार करिब साढे आठ बजे विस्फोट भएको हो। प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले चन्दा नदिएको भन्दै बम विस्फोट गराएको आशंका गरेको छ। ’विप्लव समूहले एनसेल प्रालिमा एक महिना अगाडि पत्र पठाएर चन्दा मागेको थियो, ’एसएसपी रविन्द्रबहादुर धानुकले भने ’त्यही पत्रबारे अस्ति ८ गते राजन तिमिल्सिना नेतृत्वमा ३ जना एनसेल कार्यालय पुगेका थिए। सुनुवाइ नभएपछि यो घटना गराइएको हुनसक्छ।’
एनसेलले कर नबुझाएपछि विप्लव माओवादीले यहाँ पनि आगजनी गरेको हुन सक्ने आशंका गरिएको छ ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’