पोखरा, १० फागुन । पोखरामा जारी आहा रारा गोल्ड कपमा धरान फुटबल क्लबलाई १—० ले हराउदै हिमालयन शेर्पा विजय सुरुवात गरेको छ । जितका लागि हिमालयन शेर्पाले ७८ मिनेटमा त्रिदेव गुरुङको गोल नै निर्णायक वन्न पुगेको हो ।
शेर्पाले गोल गर्नुअघि फ्रिकिकको अवसर प्राप्त गरेको थियो । तर फ्रिकिकलाई धरानका डिफेन्सले क्लियर गरेको बललाई स्टपर उलरिच सेवाईले प्याट्रिक प्रिभाट गोहालाई उपलब्ध गराएका थिए । गोहाको क्रसपासलाई गुरुङले उत्कृष्ठ डाईभिङ हेड गर्दै गोल गरेपछि धरानले पोखरा यात्रा विट मार्न पुग्यो । खेलमा दुवैले आक्रमणको रणनीति बनाउँदै ४५ मिनेटलाई टुंग्याए ।
हिमालयन शेर्पाले पहिलो कर्नर पायो । खेलको १० औं मिनेटमा पाएको कर्नरलाई कमल थापाले हानेका थिए । तर धरानका गोलकिपर विनय श्रेष्ठले पन्च गर्दै क्लियर गरिदिए । त्यसपछिको समय दुवै टोलीका गोलकिपरले निकै फुर्स्दिलो समय बिताए ।

दोस्रो हाफमा भने केही उत्साह देखियो । दुवै टोलीले गोलको लागि मुभ बनाए । तर गोल भने हिमालयन शेर्पाले निकाल्यो । ५८ औं मिनेटमा धरानले कर्नर पाएको थियो । त्यसलगत्तै पाएको फ्रिकिकलाई समेत फोफाना द्रहिमाले शेर्पाको गोलकिपर किशोर गिरीको हातमै पर्यो । ६६ औं मिनेटमा गिल्सन लिम्बुको क्रस सटपासलाई होचा कदका अफ्रिकन खेलाडी फोफानाले हानेको पावर सटलाई बचाउ गर्दै शेर्पाली खेलाडीको उर्जा जोगाईराखे । खेलमा निर्णायाक गोल गरेका त्रिदेव गुरुङ म्यान अफ दि म्याच घोषित भए । उनले नगद ५ हजार रुपैयाँ पुरस्कार स्वरुप थापे ।

सहारा क्लब पोखराको आयोजना तथा हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजन सञ्चालित १७ औं सस्करणको आहा रारा गोल्डकपको पहिलो क्वार्टर फाईनल खेल आज मनाङ मस्र्याङ्दी र सहारा क्लबलाई पराजित गरेको शसस्त्र प्रहरी बल(एपीएफ)सँग प्रतिस्पर्धा हुनेछ ।
– नारायण शाही
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’