पोखरा, ११ फागुन । पोखरा विश्वविद्यालयमा इन्जिनियरिङ पढ्ने विद्यार्थीहरु नतिजा प्रकाशनमा लापरबाही गरेको भन्दै आक्रोशित भएका छन् । बुधवार प्रकाशित सिभिल इन्जिनियरिङको नतिजा अप्रत्याशित भएको भन्दै उत्तेजित विद्यार्थीले विश्वविद्यालय तोडफोड गरे ।
त्यसपछि झण्डै दुई दर्जन विद्यार्थीलाई कास्की प्रहरीले विहीबार नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएका विद्यार्थीलाई क्रमशः छाडिरहेको छ । पोखरा विश्वविद्यालयका सभापति सुनिल तिमिल्सिना, पोखरा इञ्जिनियरिङ कलेज स्वतन्त्र विद्यार्थी परिषद् सभापति किशोर सुवेदी लगायत १३ जना शुक्रबार रिहा भएका हुन् ।
पोखरा इञ्जिनियरिङ कलेज अनेरास्ववियूका कार्यबाहक अध्यक्ष सुन्दर गिरीले आफू रिहा भएको जानकारी दिएका छन् । उनी र अनेरास्ववियु क्रान्तिकारी कार्यवाहक सचिव भीष्मराज पौडेलले विज्ञप्ती जारी गर्दै गिरफ्तारीमा परेका सबै विद्यार्थीलाई तुरुन्त रिहाई गर्न माग गर्दै विश्वविद्यालयले गरेको त्रुटी विरुद्ध विद्यार्थीले गरेको शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमन भएकोमा घोर भत्र्सना गरेका छन् ।

४० विद्यार्थीमध्ये ३८ जना फेल भएको नतिजा प्रकाशित भएपछि विद्यार्थी त्यसबारे जानकारी लिन विश्वविद्यालय पुगेका थिए । विद्यार्थी विश्वविद्यालय पुग्दा विश्वविद्यालयका रजिस्टार, परीक्षा नियन्त्रक लगायतका पदाधिकारी नभेटिएपछि उत्तेजित हुँदै तोडफोडमा उत्रिएको पोवि स्ववियू सभापति सुनिल तिमिल्सिनाले बताए ।
विद्यार्थी तोडफोडमा उत्रिएपछि विश्वविद्यालय प्रशासनले प्रहरीलाई खबर गरेको थियो । प्रशासनले प्रहरीलाई खबर गरेपछि उत्तेजित विद्यार्थीले उपकूलपतिको कुर्सी, रजिस्टार र परीक्षा नियन्त्रकको कुर्सी आगजनी समेत गरेका थिए । त्यसपछि प्रहरीले बल प्रयोग गरेको प्रहरी बताउँछ ।
विश्वविद्यालयको झ्यालका सिसा तोडफोड र आगजनीको घटनाले अन्य संकायको समेत पठनपाठनमा ठप्प भएको छ ।

सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु