तनहुँ । व्यास नगरपालिका–१ स्थित ठुलोगाउँ टोल विद्युतीय नाङ्गो तार रहित बनेको छ । ठूलोगाउँ टोल विकास संस्थाले विद्युतीय नाङ्गो तार रहित पहिलो टोल बनेर उदाहरणीय कार्य गरेको छ ।
शनिबार एक कार्यक्रमका विच व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले विद्युतीय नाङ्गो तार रहित टोल घोषणा गरेका छन् । घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख न्यौपानेले नाङ्गो तार रहित टोल भएर उदारणीय बनेको भन्दै यस्ता कामको अनुसरण गरेर अगाडि बढ्नुपर्ने बताए ।
उनले यस टोलले शुभ कार्य गरेर मार्ग दर्शकको रुपमा अगाडि बढेकोले अब नगरपालिकाले समेत यसको सिको गर्नुपर्ने बताए ।
नेपाल विद्युत प्राधिकरण दमौली वितरण केन्द्रका प्रमुख शिवनारायण गोशेलीले आफ्नो कार्यकालमै जिल्लालाई नै नाङ्गो तार रहित बनाउने योजनामा रहेको बताए ।
उनले भने ‘स्रोतको अभावले गर्दा सहज र भनेको समयमा काम गर्न सकिदैन, यसको कार्यान्वयनका लागि बजेटको व्यवस्थापन हुनुपर्छ ।’ जिल्लामा हालसम्म ८३ प्रतिशत मात्रै विद्युतीकरण गर्न सफल भएको उनले बताए ।
टोल क्षेत्रभर एविसी तार जडान गरी सुरक्षित र जोखिममुक्त बनाइएको छ ।
नाङ्गो तारको कारणले गर्दा हुनसक्ने विभिन्न दुर्घटनाबाट टोलवासीलाई जोगाउन सफल भएको टोलका अध्यक्ष मेजर रामबहादुर केसीले जानकारी दिए ।
नाङ्गो तार रहित टोलमा १७० घरधुरी रहेका छन् ।
टोलका अध्यक्ष मेजर रामबहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा व्यास–१ का वडा सदस्यहरु चुडामणि दाहाल, चन्द्रकुमारी सुनार, राधिका पन्थ, अडमपानी टोल विकास संस्थाका सचिव दीपा आचार्य, हाइस्कुलटार टोल विकास संस्थाका सचिव हरि खनाल, लालिगुरास आमा समूह ठूलोगाउँकी अध्यक्ष शारदा बसौला लगायतले नाङ्गो तार रहित टोल भएपछि जोखिम कम भएको महशुस भएको खुशी व्यक्त गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन सचिव रुमबहादुर थापाले गरेका थिए ।
सम्बन्धित खबर
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
तनहुँमा शिक्षकले विद्यार्थी कुटेपछि अभिभावकले शिक्षक कुटे
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’