पोखरा, १३ फागुन । सेवा विस्तारमा आक्रामक रुपमा अघि बढेको एनआइसी एशिया बैंक लि.ले पोखरामा अर्को शाखा पनि थपेको छ । निजी क्षेत्रको सबैभन्दा ठूलो बैंक बनेको एनआइसी एसियाले देशभर हालसम्म २ सय ७७ वटा शाखा सञ्चालनमा ल्याइसकेको छ । यसैक्रममा बैंकले सोमबार पोखराको पस्र्याङमा नयाँ शाखा विस्तार गरेको छ । शाखाको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले उद्घाटन गरे ।
उक्त अवसरमा बोल्दै मेयर जिसीले बैंकहरु नाफा भन्दा सेवामुखी हुनुपर्ने धारणा राखे । उनले दुर्गम तथा ग्रामीण भेगमा समेत बैंक तथा वित्तिय संस्थाहरुले आफ्नो उपस्थिति सबल बनाउदै जानुपर्ने बताए ।
सो अवसरमा पोखरा महानगरपालिकाका प्रवक्ता तथा पोखरा ५ का वडा अध्यक्ष धनबहादुर नेपालीले वडा भित्र बैंकिङ कारोवार वढ्नु यहाँका जनतालाई वित्तिय कारोवार गर्न सहज हुने बताए । स्थानिय व्यवसायी शिवप्रसाद पराजुलीले बैंकले जनतालाई सर्वसुलभ सेवा प्रदान गरेमा बैंकलाई नै राम्रो हुने बताए ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर दुई सय ७७ शाखा कार्यालयहरु, दुई सय ८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको बैंकका गण्डकी प्रदेश प्रमुख दिपेन्द्र शर्माले जानकारी दिए ।
बैंकको वासलातको आकार २ सय १५ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब एक सय ७१ अर्ब तथा कर्जा एक सय ४९ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेकोे छ ।
बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५० हजार रहेको साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना रहेको नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी सुधिरनाथ पाण्डेले बताए ।
प्रदेश प्रमुख दिपेन्द्र शर्मामा अध्यक्षताभा भएको कार्यक्रममा स्वागत प्रस्याङ शाखा प्रमुख सुभास सुवेदीले र कार्यक्रम संचालन सहायक प्रदेश प्रमुख स्वेता शेरचनले गरेका थिए ।
बैंकको वासलातको आकार रू. २१५ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १७१ अर्ब तथा कर्जा रू. १४९ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डेले जानकारी दिए ।
बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५० हजार छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको उनले बताए । हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको बैंकले जनाएको छ ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु