सूर्य तिमिल्सिना, पोखरा । नेपालमा पर्यटन व्यवसायमा उर्जाशिल युवा जनशक्तिको उच्च सहभागिताका साथ पर्यटनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले यहि फाल्गुण १८ अर्थात आउँदो शनिबार देखि पोखरामा टुरिजम डिजीटलाइजेसन च्यालेन्ज कार्यक्रम हुँदै छ ।
उर्जा ल्याबको आयोजना तथा नेपाल पर्यटन बोर्डको बिशेष सहकार्यमा उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो । पोखराको होटल स्नो ल्याण्डमा हुने ३ दिवसीय सो कार्यक्रममा पर्यटन क्षेत्रमा युवाशक्तिको सम्भावना, चुनौती लगायतका बिषयमा छलफल हुने छ ।
प्रतियोगीहरुले पर्यटन क्षेत्रका सम्भाबना एबम चुनौतीलाई औंल्याउँदै त्यसको समाधानका लागि आफ्नो आइडिया प्रस्तुत गर्ने छन् । प्रस्तुत गरिएका आइडिया मध्ये उत्कृष्ट टिमलाई पुरस्कृत गरिने छ भने उक्त आइडियालाई मुर्त रुप दिनको लागि लगानीकर्ता समेत खोजिने उर्जा ल्याबका कार्यकारी निर्देशक बिबेक सापकोटाले बताए ।
आयोजकका अनुसार कार्यक्रममा हाल सम्म १७ ओटा टिम दर्ता भएका छन् भने हरेक टिममा ३ जना सदस्य रहने छन् । सो कार्यक्रमको उद्देश्य ” भिजिट नेपाल २०२०” लाई सफल पार्नु समेत रहेको छ ।
कार्यक्रमलाई सफल पार्नको लागि घुमन्ते, ड्रिमर्स नेपाल, अफिसियल फ्युचर टेक, हज्मा वेयर, डब्लुपी ट्राभल्स, सिएफ मोटो, एनवाइइएफ पोखरा, कट्स पश्चिमान्चल क्याम्पस, होटल बाराही, होटल हिमालय भ्याकेसन, व्यंजन पोखरा, हिमालयन जाभा पोखरा लगायतको सहयोग रहेको छ । यो कार्यक्रमबाट पर्यटन क्षेत्रमै नयाँ आयाम थपिने बिश्वास लिइएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु