पोखरा । विभागीय टोली त्रिभुवन आर्मी क्लब १७ औं आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार पोखरा रंगशालामा दाउफिन्स फुटबल क्लबलाई १-० ले पराजित गर्दै आर्मीले फाइनल भिडन्त पक्का गरेको हो ।
खेलको १३ औं मिनेटमा टेकबहादुर बुढाथोकीले आर्मीलाई अग्रता दिलाए । दायाँ विङबाट आएको क्रसलाई टेकले ६ यार्डमा बक्सभित्रबाट हेडरमार्फत गोलमा परिणत गरेका थिए । पहिलो हाफको अन्त्यतिर आर्मीका कप्तान भरत खवासको प्रहारलाई दाउफिन्सका गोलरक्षक प्रिसोले विफल पारे ।
दोस्रो हाफमा पनि खेल प्रतिस्पर्धात्मक नै रहयो । आर्मीले लगातार आक्रमण बुन्दा काउन्टर अट्याकमा भर परेको दाउफिन्सले आर्मीलाई समस्या दिन सकेन । ६३ औं मिनेटमा नवयुग श्रेष्ठको प्रहारले पोस्टको दिशा लिन सकेन ।
७४ औं मिनेटमा भरत खवासले बलमा उत्कृष्ट नियन्त्रण गर्दै तीन डिफेन्डरलाई छलाउँदै वन भर्सेस वनमा गरेको प्रहार गोलरक्षकले मुस्किलले बचाए । ८५ औं मिनेटमा दाउफिन्स १० खेलाडीमा समेटियो । डेम्बा अोवुनाले विकास तामाङलाई ट्याकल गरेपछि रेफ्रिले उनलाई दोस्रो पहेंलो कार्ड देखाए ।
आर्मीले अब प्रतियोगिताको फाइनलमा शनिबार रुस्लान थ्री स्टारको सामना गर्नेछ । थ्री स्टारले बुधबार एपीएफलाई टाइब्रेकरमा पराजित गर्दै उपाधि भिडन्त तय गरेको थियो ।

हातमा कालोपट्टी बाँधेर खेलाडीद्वारा शोक व्यक्त
बिहीबारको खेलमा नेपाली टिम आर्मीले मात्रै होइन, विदेशी टिम डफिन्स र रेफ्रीसमेतले कालो पट्टी बाँधेर मैदानमा छिरे । कारण थियो, ताप्लेजुङमा ७ जनाको ज्यान जाने गरी भएको हेलिकोप्टर दुर्घटनाका मृतक प्रति श्रद्धाञ्जली । उक्त दुर्घटनामा परी मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी लगायतको निधन भएको थियो ।
आहा रारा गोल्डकपको उद्घाटन पनि पर्यटनमन्त्री अधिकारीले नै गरेका थिए । क्लबले उनको सम्मानमा १ मिनेट मौन धारण गरेर खेल खेलाइएकोे थियो । मन्त्री अधिकारी सहारा क्लबका आजीवन सदस्य पनि हुन् ।

सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ