पोखरा, १७ फागुन । कुनै आरोपमा पक्राउ परेका व्यक्तिलाई हिरासतमा राख्नु अघि उसको शरीर पूरै परीक्षण गरिन्छ । यतिसम्म कि आरोपितले लगाएको गहना र पेटीसमेत खोल्न लगाइन्छ । हिरासतभित्र कुनै घटना नहोस् भनेर प्रहरीले यस्तो सजगता अपनाएको हुन्छ ।
तर जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका १ आरोपितको बिहीबार बिहान मृत्यु शंकास्पद भएको छ । लागु औषध कारोबारमा पुस २ गते पक्राउ परेका भारत मोतिहारीका ३० वर्षे सन्दीप साहले बिहीबार बिहानै हिरासत कक्षमै बान्ता गरे । पत्रकार सुरेशराज अधिकारीले समाधान दैनिकका लागि खवर लेखेका हुन् ।
तत्काल उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याइए पनि केही बेरमै उनको मृत्यु भयो । जिल्ला प्रहरी नेतृत्वले यो घटनालाई गुपचुप राख्न खोजे पनि प्रदेश प्रहरी कार्यालयले दिउँसो विज्ञप्तिमार्फत सञ्चारमाध्यममा सूचना सम्प्रेषण ग¥यो ।
साहले प्रहरीकै सहयोगमा विष ल्याउन लगाएर हिरासतमै सेवन गरेको स्रोतको दाबी छ । जिल्लामै कार्यरत १ प्रहरी जवानको सहयोगमा साहले विष झिकाएका थिए । उक्त कार्यमा संलग्न रहेको आरोपमा ती जवानलाई बिहीबार नै जिल्ला प्रहरीले हिरासतमा राखेको छ ।
‘विष सेवन गरेर मृत्यु भएको शंका छ,’ स्रोतले भन्यो, ‘घरयासी प्रयोजनको लागि भने हिरासत हेर्ने १ जवानको सहयोगमा नै उनले विषभित्र लगेका हुन् ।’ हिरासतभित्रै विष कसरी पु¥याइयो, सुरक्षा घेरामा रहेकै बेला उनले कसरी सेवन गरे भन्ने विषय अनुसन्धानपछि खुल्ने नै छ । हिरासतमा रहेका व्यक्तिका लागि औषधी खुवाउनु परे पनि चिकित्सक वा स्वास्थ्यकर्मीको सिफारिस चाहिन्छ ।
साहले बिहान ४ बजेतिर विष सेवन गरेको स्रोतले जनाएको छ । विष सेवन लगत्तै बान्ता गरेपछि प्रहरीले नै उनलाई अस्पताल पु¥याएको थियो । अस्पताल पुगेपछि पनि साहले केहीबेर कुराकानी गरेका थिए । उपचार सुरु गरेपछि उनको मृत्यु भएको थियो । पोस्टमार्टममा अलमल सन्दीप साहको बिहीबार बिहानै मृत्यु भए पनि साँझ अबेरसम्म पोस्मार्टम भने गरिएको छैन ।
मृतकका आफन्तले कुनै उजुरी नदिएका कारण पोस्टमार्टम नगरिएको प्रहरीले जनाएको छ । उनको शव पोखरा स्वाथ्य विज्ञान प्रतिष्ठानमै राखिएको छ । लागु औषध कारोबारको लामो सञ्जालमा जेलिएका साहको मृत्युलाई पारिवारिक रुपमै मिलाउने र मुद्दालाई कमजोर बनाउने प्रयासमा प्रहरी लागेको छ ।
बिहीबार दिउँसो साहका आफन्तसँग जिल्ला प्रहरी नेतृत्वले पटकपटक वार्ता गरेको थियो । साहले प्रयोग गरेको गाडी त्यतिबेलै प्रहरीले नियन्त्रणमा लिएको थियो । तर उनका साथीहरु भने फरार छन् । ‘लामै वार्ता भएको थियो, के कारण वार्ता मिलेन,’ स्रोतले भन्यो । विष नै सेवन गरी मृत्यु भएको हो वा हैन भन्ने पोस्टमार्टम नगरी खुल्दैन ।
पोखरा, ८ मा बस्दै आएका साहलाई पुस २ गते आगुऔषध नियन्त्रण ब्युरो पोखराले पक्राउ परेको हो । बा१८च ६७८५ नम्बरको मारुती गाडी र उनको कोठामा लुकाएर राखेको अवस्थामा लागुऔषधसहित साह पक्राउ परेका थिए । उनको साथबाट २ वटा मोबाइल र विभिन्न प्रकारका २ हजार ९ सय ७० चक्की लागुऔषध नियन्त्रणमा लिएको थियो ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु