पोखरा- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्तिम श्रद्धाञ्जली तथा अन्तिम संस्कार पोखरामा शुक्रबार हुने भएको छ।
पोखरा नँयाबजारस्थित प्रदर्शनी केन्द्रमा मन्त्री रवीन्द्र अधिकारीको अन्तिम श्रद्धाञ्जलीका लागि भौतिक तयारी लगभग अन्तिम चरणमा पुगेको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए। श्रद्धाञ्जली कार्यक्रम, शव यात्रा र अन्त्यष्टिमा सहभागी हुन नेकपाका नेता तथा कार्यकर्तालाई उपस्थितिका लागि आग्रह गरेको छ।
शवयात्रापछि आजै रामघाटमा अन्त्येष्टि गरिनेछ । अधिकारीको पार्थिव शरीरलाई शुक्रबार पोखरा प्रदर्शनी केन्द्र नयाँ बजारमा राखेर श्रद्धाञ्जली अर्पण गर्ने, रामघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टी गर्ने नेकपा गण्डकीका सचिव गोविन्द नेपालीले जानकारी दिए।

विहीबार नै शव ल्याएर शुक्रबार ८ बजेदेखि श्रद्धाञ्जलीसभा आयोजना गर्ने भनिएपनि खराब मौसमका कारण ताप्लेजुङबाट काठमाण्डौ नै शव ल्याउन ढिलाई भएकाले पोखराको कार्यक्रम पनि सरेको छ । संघीय राजधानीको टुँडिखेलमा ३ घण्टा श्रद्धाञ्जली कार्यक्रपछि शव पोखरा ल्याईनेछ ।

प्रदर्शनी केन्द्रमा शुक्रबार १ बजेपछि ४ घण्टाका लागि श्रद्धान्जली सभा आयोजना गरिएको नेकपा कास्कीले जनाएको छ । श्रद्धान्जली सभामा उप–प्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेल, पार्टीका महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, प्रधानमन्त्री राजनीतिक सल्लाहकार विष्णु रिमाल सहितको टोली पोखरा आउने जनाइएको छ ।
श्रद्धान्जलीपछि नयाँबजारबाट महेन्द्रपुल, हस्पिटल चोक हुँदै शव यात्रा रामघाट पुग्नेछ । राजकीय सम्मानका साथ मन्त्री अधिकारीको अन्त्येष्टी गरिने भएको छ ।

अहिले मन्त्री अधिकारीको शव श्रद्धाञ्जलीका लागि काठमाडौंको टुँडिखेलमा राखिएको छ। अबको केही समयपछि मन्त्री अधिकारीको शव पोखरा लैजाने कार्यक्रम रहेको छ।
तस्बिर सौजन्यः विश्वदर्शन पराजुली
सम्बन्धित खबर
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
‘निट पत्रकारिता पुरस्कार’बाट कोइराला पुरस्कृत
पोखरामा सँगै मदिरा पिएपछि विवाद हुँदा साथीको हत्या, दुई जना पक्राउ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?