पोखरा। कास्कीको माछापुच्छ्रे गाउँपालिका २ च्याङ्लुङ्मा त्यहाँका आपराधिक प्रवृत्तिका गुण्डाहरुको आक्रमणबाट पोखरा लामाचौरका युवकको अनाहकमा ज्यान गएको छ । दुई जना घाइते भएका छन् । दुई समूहका युवाबीच भएको झगडामा पोखरा महानगरपालिका १६ लामाचौरका १९ वर्षीय मनोज गर्बुजाको मृत्यु भएको हो ।
झगडामा घाइते भएका तीन जनालाई उपचारको लागि अस्पताल ल्याएकोमा मनोजको भने उपचारको क्रममा फिस्टेल हस्पिटलमा मृत्यु भएको हो । पोखरा महानगरपालिका १६ लामाचौरका २६ वर्षीय लालबहादुर गुरुङ र १८ वर्षीय शिव बाँनिया घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
झगडामा संलग्न रहेको आशंकामा १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा ३५ वर्षीय मेख गुरुङ, २९ वर्षीय नारायण गुरुङ, २३ वर्षीय चेतमान गुरुङ, २० वर्षीय कृष्ण गुरुङ, १६ वर्षीय सुजल गुरुङ, १७ वर्षीय चहन तामाङ, १८ वर्षीय मोहनचन्द्र पौडेल, २२ वर्षीय प्रदीप गुरुङ, २० वर्षीय अमृत गुरुङ, २२ वर्षीय मनीष गुरुङ, १७ वर्षीय प्रताप गुरुङ र १८ वर्षीय सन्देश गुरुङ छन् ।
यसरी भयो घटना
माछापुच्छे« गाउँपालिका २ च्याङ्लुङको स्थानीय क्लबले शिवरात्रिको अवसरमा भलिबल प्रतियोगिता आयोजना गरेको थियो । उक्त भलिबल खेल हेर्न पोखरा लामाचौरबाट ७ जना गएका थिए । पोखराबाट खेल हेर्न पुगेको समूहले च्याङ्लुङको नै खेल हेरेको थियो । उक्त प्रतियोगिता सकिएपछि खेलमैदानको केही टाढा पोखराको टोली गयो ।
पोखराबाट गएको ७ जनाको समूह र च्याङ्लुङको समूहबीच झडप हुनुको कारण भने सामान्य थियो । कारण थियो त भलिबल खेल्ने बेलामा पोखराबाट च्याङ्लुङ भलिबल हेर्न गएको टोलीले च्याङ्लुङका विपक्षीको सपोर्ट गर्नु । खेलमा आफूहरुलाई हुटिङ नदिएको भन्दै च्याङ्लुङका युवाले झगडाको बिउ रोपे ।
पोखराबाट गएका ७ जनामध्ये ४ जना माछापुच्छ«े २ च्याङ्लुङमा आफन्तको घरमा बस्न गएका थिए भने ३ जनासँग सामान्य भनाभन भएको थियो । सामान्य भनाभनपछि गाउँका युवाले भाटा, दाउरा लगायत वस्तुले हानेको प्रहरीको अनुसन्धानमा खुलेको छ । प्रहरीका अनुसार उक्त घटनामा अन्य केही फरार छन् ।
समाधान दैनिकका पत्रकार सुरेशराज अधिकारीको सहयोगमा ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु