पोखरामा प्याराग्लाइडिङको चर्चा छ । एक त दिनदिनै दुर्घटना, दोस्रो पोखरामा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता हुँदा समेत सरोकारवालालाई थाहै छैन । तेस्रो, व्यवसायीहरु कर नै नतिरी उडान भर्दै आएका छन् ।
अब भने पोखरा महानगरपालिको कर नतिर्ने कम्पनीलाई उडान नै गर्न नदिने भएको छ । भोलि बुधबारदेखि नै उडान बन्द गरिदिने महानगरको तयारी छ । पोखरामा पाँच दर्जन बढी कम्पनी छन्, जम्मा एउटाले मात्र कर तिर्दै आएका छन् । अब कर तिर्ने ‘माउण्टेन भ्यू प्याराग्लाइडिङ’ ले मात्र उडान भर्न पाउनेछ ।
नागरिक उड्ययन प्राधिकरण पोखरामा ६० बढी कम्पनीहरुले अनुमति लिएकोमा नियमित रुपमा पोखराको आकाशमा ४० जति कम्पनीले उडान भरिरहेका छन् । व्यावसायीले प्याराग्लाइडिङ उडान गरेबापतको कर नतिरेपछि बुधबारदेखि पोखराको आकाशमा प्याराग्लाइडिङ उडान बन्द हुने भएको हो । पोखरा महानगर र प्याराग्लाइडिङ उडान हुने वडा कार्यालयले करको विषयमा सम्बन्धित कम्पनीहरुलाई पत्र लेखेर कर बुझाउन आग्रह गरे पनि उनीहरुले अटेर गरेपछि महानगर र वडा कार्यालयले उडान नै बन्द गर्न लागेको हो।
पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलका अनुसार गत पुस १९ गते नै सबै कम्पनीलाई अनिवार्य कर तिर्नु भनेर पत्राचार गरिसकेको छ । त्यसपछि फेरि गत फागनु १५ गते एक हप्ताको म्याद दिएर आज २१ गते भित्र कर नबुझाए उडान रोक्ने भनेर पत्र पठाएको छ । अहिले ४ बजेसम्मको समय बाँकी छ ।
पोखरा महानगरपालिका १८ का अध्यक्ष रण बहादुर थापाले अब कर नतिर्ने कम्पनीका गाडी प्याराग्लाइडिङ गर्ने मान्छे बोकेर सराङकोट उक्लन नदिने बताएका छन् । प्रत्येक कम्पनीले वार्षिक रुपमा करबापत एक लाख २५ हजार रुपैयाँ पर्यटन वापत कर तिर्नुपर्नेहुन्छ। सो रकम वडा कार्यालयले वा पोखरा महानगरपालिका जहाँ बुझाएपनि हुने उल्लेख गरिएको छ।
आर्थिक वर्ष २०७२–०७३ र २०७३–०७४ मा प्रत्येक कम्पनीले नेपाल सरकारलाई कर बापत जम्मा पाँच हजार पाँच सय रुपैयाँमात्र बुझाउँथे। पछि बढेर आर्थिक वर्ष २०७४–०७५ मा बढेर वार्षिक कर ५० हजार रुपैयाँ पुगेको थियो। त्यस्तै आर्थिक वर्ष २०७५-०७६ मा बढेर प्रदेश सरकारले पर्यटन शूल्क शिर्षकमा एकमुष्ट एक लाख २५ हजार रुपैँया बुझाउनुपर्ने नीति ल्याएको हो।
सम्बन्धित समाचार:
http://gandaknews.com/para-acc-again/
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु