गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
अश्विन दानी, पोखरा । पोखराका वडा कार्यालयहरुमा चोरी हुने क्रम रोकिएको छैन । एकपछि अर्को गरी कार्यालयहरु चोरी भइरहेका छन् । पोखरा वडा नं. १३ पहिल्यैदेखि चर्चित छ । युवा नेतृत्व दर्शन लामा पाएको यस वडामा सबै कामहरु अहिले कम्प्युटराइज्ड छन् । निकै फड्को मारिसकेको यस वडा कार्यालयमा समेत चोरको आँखा लाग्यो ।
पोखरामा महानगरपालिका वडा नम्बर १३ कार्यालयमा बिहिबार राती करीब १० बजेको समयमा चोरी भएको हो ।चोरले ४ वटा मनिटर, २ वटा सिपियू, २ वटा प्रिन्टर, २ वटा सीसी क्यामरा र २ वटा मल्टिप्लग चोरेर भागेको वडा कार्यालयले जनाएको छ ।
सीसी क्यामेरा डिस्कनेक्ट गरेर मात्रै चोरी
बिहिबार राती वडा कार्यालयमा चोरी गर्न आएका चोरहरुले सीसी क्यामेरा डिस्कनेक्ट गरेर मात्रै चोरी गरेको वडा अध्यक्ष दर्शन लामाले जानकारी दिए ।
‘चोरहरु बाठो रहेछन् । त्यसैले सीसी क्यामरा डिस्कनेक्ट गरेर मात्रै चोरी गरेछन्,’ वडा अध्यक्ष लामाले भने, ‘चोरीबाट वडा कार्यालयलाई करीब २ लाख बराबरको क्षति भएको छ । हामीले प्रहरीलाई खबर गरिसकेका छौँ ।’
पोखरामा यसअघि पाँच वटा वडा कार्यालयमा चोरी भइसकेको छ । सम्बन्धित भिडियो
Pic. Onlinekhabar
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु