सुन्दरकुमार थकाली । मुस्ताङमा शनिबार ६ पाङ्ग्रे अत्याधुनिक पहेँलो रङको अस्ट्रियन कार देखियो । कारभित्रै सञ्चार सेट, सौर्य ऊर्जा, किचन कोठा, एटेजबाथसमेतको सबै सुविधा जडान गरिएको छ ।
उक्त कार थियो विश्व कारयात्रामा निस्केका फ्रेडिटको । कारभित्र जडान गरिएका प्रविधिको सहयोगमा फ्रेडिटले फोन मार्फत कुराकानी गर्न सक्छन् भने इन्टनेट लगायतका सुविधा गाडीभित्रै छन् ।
उनी त्यही ६ पाङ्ग्रे अस्ट्रियन कार चलाउँदै विश्व भ्रमण गर्ने रफ्तारमा रहेछन् । अनौठो प्रकारको अत्याधुनिक कार चलाउँदै यति ठूलो लक्ष्यका साथ मुस्ताङ आएका उनी नेपाल आएको २ साता भएको उनले बताए ।
उनको विश्वयात्रा एक्लै गर्ने गरेको र आफ्नो सम्पूर्ण रेकर्ड जिपिएसको सहयोगमा उपलब्ध हुने बताउँछन् । विश्व भ्रमणयात्रामा चाहिने आवश्यक सम्पूर्ण सामान कारमै लिएर आएका उनी जुन ठाउँमा पुग्छन्, उनले होटल खोज्नु पर्दैन ।
उनको आवास, खाना र खाजा कारमै छ । अनि कारमा जोडिएको धारामा पखाल्छन् । लाग्छ उनको यात्रामा कार नै सबथोक हो । निकै फुर्तिला र अग्ला कदको फ्रेडिटले जोमसोमको टुरिस्ट चेकपोस्टमा इन्ट्री गराए ।
‘उपल्लो मुस्ताङ जान अहिले कस्तो छ । जान सकिएला र ?’ उनले सोधे, हामीले उत्तर दियौं, ‘अहँ सकिँदैन सर ,माथि हिउँनै हिउँ छ ।’ उनले फेरि दोहोर्याएर सोधे, ‘मुक्तिनाथ जानलाई कस्तो छ बाटो ?’ हामीले भन्यौं, ‘मुक्तिनाथ पुग्न सकिन्छ ।’
उनी थ्याङक्यू भन्दै मुक्तिनाथतर्फ हानिए । उनको कार चलाउँदै सुरु गरेको विश्वयात्रा अजीब लाग्थ्यो । उनको कार अत्याधुनिक र जस्तो सुकै जोखिम सडकमा पनि सहज यात्रा गर्न सक्ने नमूना कार लाग्थ्यो ।
सम्बन्धित खबर
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
माथिल्लो मुस्ताङ जान विदेशीलाई दैनिक ५० डलर शुल्क लिने सरकारको निर्णय
मुस्ताङ घुम्न गएका तीर्थालुको लेक लागेर मृत्यु
मुस्ताङका उच्च हिमाली पदमार्गमा बुधबारसम्म यात्रा नगर्न प्रशासनको आग्रह
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?