पोखराको सेरोफेरोमा छायांकन गरिएको ‘चाइनाको रेल’ बोलको गीत सार्वजनिक भएको छ । दोश्रो ‘नेपाली तारा’ बन्न सफल गायक सन्तोष लामाको सन्तोषले यसपटक केही फरक शैलीमा गीत तयार पारेका छन् । सन्तोषको यो गीतमा हाास्य कलाकार सन्दिप क्षेत्रीको मोडलिङ छ । साथमा, यो गीतको भिडियोमा गायिका इन्दिरा जोशी, मुस्कान रानी, गायक सन्तोष लामा र क्रिस्टल क्लज ग्रुपको नृत्य छ । कृष्ण केसीको शब्द रहेको यो गीतमा हरि लम्सालको संगीत छ ।
क्रिस्टल क्लज ग्रुपका सन्देशजंग रानाको सम्पादन रहेको भिडियोमा सुसन प्रजापतिको छायांकन, क्रिस्टल क्लजको कोरियोग्राफी छ । भिडियोलाई संदिप क्षेत्री र सन्देश जंग रानाले निर्देशन गरेका हुन् । अनिल केसी भिडियोका प्रस्तुतकर्ता हुन् । यसैविच, यो भिडियोको कभर भिडियो तयार पार्ने व्यक्ति वा समुहमध्येबाट उत्कृष्टलाई १ लाख ११ हजार १ सय ११ नगद पुरस्कारको समेत घोषणा गरिएको छ ।
यस्तै, नेपालमै पहिलो पटक उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई २२ हजार नगदको समेत घोषणा गरिएको छ । गायक कृष्ण केसीको यसअगाडि ‘आफ्नो मन, नजाउ टाढा, लुकीछुपी, कसले सुरुवात’ जस्ता गीत बजारमा आइसकेका छन् । भिडियोलाई केही रमाइलो र केही फरक सोचका साथ तयार पारिएको छ ।
भिडियो :
https://youtu.be/sif3Ztoz8Io?t=14
सम्बन्धित खबर
पोखराबाट बनेको प्रेमिल कथा ‘मायामा मायामा’
चर्चा बटुल्दै ‘कलकत्ते काइयो’
श्रोता दर्शकमाझ गुहार माग्दै आए केशव घिमिरे [भिडियो]
वरिष्ठ गायिका लक्ष्मी न्यौपानेले ल्याइन् तीज गीत ‘म त मसक्कै’
कुशल सञ्चालक तथा गायक दीप काफ्ले अभिनयमा जम्दै
राजु–देवी जोडीको ‘झलिको झलल’ गीतमा लाखौं टिकटक भिडियो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’