बुढीगण्डकी जलविद्युत आयोजनाको मुआब्जा निर्धारण छिटो गर्न दबाब दिँदै गोरखाको आरुघाटमा बन्दको आब्हान गरिएको छ । मुआब्जा निर्धारण समितीले डुबान क्षेत्रको मुआब्जा निर्धारणमा ढिलाई गरेको भन्दै सरोकार समितिले सोमबार आरुघाट बजार बन्दको आब्हान गरेको हो ।
आयोजनाको डुबान क्षेत्रमा पर्ने गोरखाको आरुघाट र आर्खेत तथा धादिङको विशालनगर र खहरे बजारको छिटो मुआब्जा निर्धारण गर्न माग गरेको छ ।
‘सरकारले घरजग्गा रोक्का लगाएको छ’ बन्दकर्ताले भने, ‘यहाँका ब्यापारी, ब्यबसायीले धितो राखेर ऋण लिन पाएनन्, सर्वसाधारणले भुकम्पले भत्केको घर ब्यबस्थित बनाउन सकेका छैनन् । यस्तो अबस्थामा पनि मुआब्जा निर्धारणमा ढिलाई हुँदा हामीलाई हलचल गर्नै गाह्रो भयो ।’
छिटो मुआब्जा निर्धारणका लागि शान्तीपुर्ण दबाब दिन बन्द आब्हान गरेको आयोजकले जनाएको छ । आरुघाट क्षेत्रमा बजार र यातायात मात्रै बन्द गरेर सांकेतिक विरोध गर्ने भनिएको छ ।
पहिले जग्गाको मुआब्जा निर्धारण गरेर घरगोठको मुआब्जा निर्धारण गर्नुपर्ने सरोकार समितिले बताएको छ । मुआब्जा निर्धारण समितिले घरगोठको मुआब्जा निर्धारण गर्दा बार्षिक पाचँ प्रतिशतले ह्रासकट्टी गर्ने तयारी गरेकोप्रति स्थानियको असन्तुष्टी रहेको छ ।
‘घरमा पाचँ प्रतिशत ह्रासकट्टी गर्ने कुरा छ’ उनले भने ‘यो विषय हामीलाई मान्य छैन । हाम्रा घरहरुको मुआब्जा ह्रासकट्टी नगरी दिनका लागि हामी माग गर्छौ ।’ जग्गाको मुआब्जा टुंगाएर मात्रै घरगोठको मुआब्जाको प्रक्रिया थाल्न आरुघाटबासीको माग छ ।
मुआब्जा निर्धारण गर्न बाँकी गोरखाको आरुघाटको जग्गाको प्रकृतिका आधारमा प्रतिआना २५ लाखसम्म मुआब्जा दिन सरोकार समितिको माग छ । मध्यपहाडी लोकमार्गको केन्द्र, पृथ्वी राजमार्गको वैकल्पिक मार्ग र बेनिघाट९आरूघाट हुँदै चीनको तिब्बत छिचोल्ने सबैभन्दा छोटो मार्ग भएकाले आरूघाट ऐतिहासिक ठाउँ भएको हुँदा सो क्षेत्रको मुआब्जा निर्धारण गर्दा यि विषयलाई आधार बनाउनुपर्ने समितिले दाबी गरेका छन् ।
बुढिगण्डकी जलविद्युत आयोजना वातावरण मुआब्जा पुर्नस्थापना तथा पुर्नवास इकाईका प्रमुख कृष्ण कार्कीले डुबानमा पर्ने बजार क्षेत्रको घर तथा जग्गाको मुआब्जा निर्धारणको तयारी भैरहेको बताए । ‘अन्य आयोजनाको अभ्यासका बिषयमा स्थानिय जनप्रतिनिधी,राजनीति कर्मी र स्थानिय बासीन्दा सँग छलफल गरेका छौं’ उनले भने ‘जमिन र घरको एकसाथ मुआब्जा उपलब्ध गराउने हाम्रो चाहना हो ।’
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा