रञ्जन अधिकारी, पोखरा । हेटौंडा र काठमाण्डौमा कुखुरामा बर्ड फ्लू संक्रमण देखिएको समाचार आइरहँदा कास्कीमा पनि बर्ड फ्लू भेटिएको छ । मादी गाउँपालिका वडा नं. ३, याङ्जाकोटमा स्थानीयले पालेका लोकल र गिरीराज जातका कुखुरामा बर्डफ्लू संक्रमण भएको हो । जिल्ला प्रशासन कार्यालय, कास्की बर्डफ्लू रोग नियन्त्रक कक्ष सूचना अधिकारी डा. गृष्म न्यौपानेका अनुसार याङ्जाकोटमा घरमा पालिएका कुखुरा मर्न थालेपछि ५० नमूना संकलन गरिएको र शंकास्पद नमूना परीक्षण गर्दा बर्डफ्लू भाइरस एच ५ एन वान संक्रमण देखियो । पुनः केन्द्रिय पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा पठाउँदा पनि बर्ड फ्लू भाइरस देखिएपछि नियन्त्रणका लागि टोली परिचालन गरिएको छ ।
आइतबार मन्त्रीस्तरकै निर्णयानुसार तत्काल रोग नियन्त्रणका लागि पत्र प्राप्त भएपछि सोमबार बिहान प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाको अध्यक्षतामा बैठक बसेको उनले जनाए । कन्ट्रोल इञ्चार्ज डा. केदार राज पाण्डे सहितको टीम रोग नियन्त्रणका लागि खटिएका छन् । टोली याङ्जाकोट प्रस्थान गरेको छ ।
फागुन दोस्रो सातामै कुखुरा भकाभक मर्न थालेपछि फागुन १९ गते पहिलोपटक जाँच गरिएको थियो । बर्डफ्लूको संक्रमण देखिएको स्थानमा चार किल्ला तोकिएको छ । पूर्वपट्टी भीरक्षेत्र, पश्चिममा पोखरा आउने बाटो, उत्तरतर्फ गाउँपालिका कार्यालय र दक्षिणतर्फ ससुराबाजे भनेर चिनिने स्थानीयको घरलाई चार किल्ला कायम गरिएको छ ।
अब चारकिल्ला क्षेत्रभित्रका सबै कुखुरा, दाना, सुली नष्ट गरिने, खोर सरसफाईसँगै चुना तथा एन्टीभाइरल औषधि चर्ने, १० दिनसम्म कुनैपनि पंक्षी तथा पंक्षीजन्य वस्तु ओसारपसार नगर्ने डा. न्यौपानेले बताए ।
अन्य कहिँकतै कुखुरा झोक्राउने, मर्ने गरेको भए तुरुन्त जानकारी गराउन पशु विकास अधिकृत सहदेव पौडेलले आग्रह गरेका छन् । पोखरा महानगरपालिका, पशु सेवा महाशाखा प्रमुख शिव वाग्लेले मादीको याङ्जाकोट बाहेक अहिलेसम्म पोखरा क्षेत्रमा नदेखिएको बताए ।
काठमाण्डौ र हेटौंडामा उच्च सतर्कता
कास्की सहित काठमाण्डौ, हेटौंडामा पनि कुखुरामा बर्ड फ्लुको संक्रमण देखिएको र त्यसलाई नियन्त्रण गर्ने प्रयास जारी रहेको पशु सेवा विभागले जनाएको छ । हेटौँडा र काठमाडौँको तारकेश्वरमा बर्ड फ्लुको संक्रमण देखिएको र त्यसलाई फैलिन नदिनका लागि सुरक्षात्मक उपाय अपनाएको विभागले जनाएको छ ।
हेटौँडा र काठमाडौँमा विशेष गरि लेयर्स कुखुरामा योपटक एच ५ एन वान भाइरसको संक्रमण देखिएको हो । पोखरामा लोकल कुखुरामा देखिएकाले सुरक्षात्मक उपाय अपनाउन केही समय लाग्ने र केही दिनमा सबै नियन्त्रणमा आउने जनाएको छ ।
कुखुरापालनबाट नेपालले वार्षिक ३३ अर्ब ७२ करोड अर्थोपार्जन गरिरहेको जनाइएको छ । झण्डै एक लाख ५० हजार व्यक्तिले रोजगार पाएका छन् भने कूल गार्हस्थ्य उत्पादनको झण्डै चार प्रतिशत र कूल कृषि गार्हस्थ्य उत्पादनमा झण्डै आठ प्रतिशत पोल्ट्री क्षेत्रको भूमिका रहेको छ ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’