रञ्जन अधिकारी, पोखरा । सिन्धुपाल्चोकका ईश्वर बहादुर तामाङले फेरि इमान्दारिताको उदाहरण प्रस्तुत गरेका छन् । पेशाले चालक उनलाई पटक पटक यो मौका मिलेको छ । चोरेर ठगेर खानेहरुको जमात बढिरहँदा इमानको कमाईले बाँच्ने ईश्वरले फेला परेका सामान समेत खोजी खोजी बुझाउँदै आएका छन् ।
पोखरा बगरका युवा बाबुराम तिवारी (राजेश) ले आफ्नो ज्याकेटको खल्तीबाट ९१ हजार खसाईरहँदा ईश्वर सम्झिए । तर, सो रकम ईश्वर जस्ता मनकारीको हातमा पुग्यो र त फिर्ता पाए । ईश्वरले केहि समय अघि डेढ लाख फिर्ता गरिसकेका थिए भने स्मार्टफोन समेत आफै फोन गरेर फिर्ता लगिदिए । साथीहरुले फेला परेको त हो नि, चोरेको होइन भर उक्साउथे, राख्न खोज्थे तर सक्थेनन् । अनि, बुझाईदिन्थे । ईश्वरलाई कहिलेकाहिँ आफ्नी श्रीमतीले पनि भन्छिन् – ‘बुढा यसरी अरुको फेला परेको सामानले नै पुग्छ कि क्या हो ? तर राख्नु हुन्न है अरुको पैसा । दशा लाग्छ ।’
बाबुरामको ९१ हजार पैसा पाउँदा समेत दशा लाग्छ भनेर ५ सयको चक्लेट किनेर सबैलाई बाँडे । तर, पैसा राख्न मनै मानेन । सम्बन्धित फेला परेपछि तुरुन्तै फिर्ता गरिदिए । बाबुराम आईतबार मध्यान्हतिर अमरसिंहचोक, पूरानोधारा, रानीपौवा हुँदै बगर पुगे । खल्ती छाम्दा पैसा खसिसकेको थियो । उनको होसहवास् उड्यो । रानीपौवा क्षेत्रमा खसेको अनुमान लगाए । त्यहाँसम्म चार पटकसम्म आउजाउ गरे, सर्च गरे तर पाएनन् । वरपरकासँग पनि सोधे । प्रहरीकहाँ पुगेर जानकारी पनि गराए । आश मारिसकेका थिए ।
सिन्धुपाल्चोक हैबुङका ईश्वर १२ वर्षदेखि पोखरामा छन् । फूलबारीमा बस्दै आएका उनले विगत ५ वर्षदेखि रानीपौवा स्थित धौलागिरी शुद्ध खानेपानी सप्लायर्सको गाडी चलाउँदै आएका छन् । बाबुरामको मोटरसाइकल पछाडि पछाडि ईश्वर थिए । पैसा छरिएको अवस्थामा देखे । पैसा साहोरे, पेपर पनि सँगै भेटे, सम्पर्क नम्बर देखेनन् । सबैको अगाडि पैसा गन्दा ९१ हजार रहेछ । देख्ने जतिले बाँडेर लिने कुरा पनि नआएको होइन तर मानेनन् । अरुको पसिना र मेहनत खानुहुन्न भन्दै साथीको फेसबुकबाट उनले सम्बन्धितलाई सम्पर्क गर्न भन्दै पोष्ट गरिसकेका थिए । उनलाई लागेको थियो ‘जसरी पनि खोज्दै आउँछन् ।’ सबैलाई फोन गरे । दशा लाग्छ भनेर ५ सय रुपैंयाको चकलेट किनेर बाँडे, अझै पनि गाडीमा चक्लेट बाँकी छन् । धौलागिरी बोरिङको ड्राइभरले फेला पारेको छ भनिदिनुस् है भनेर उनी घरतिर लागे । श्रीमतीले कहिल्यै लोभ गर्दिनन् भन्दै ईश्वर गमक्क हुन्छन् ।
फेसबुक शेयर मार्फत नै दारी ग्याङका सदस्य समेत रहेका बाबुरामसम्म कुरा पुग्यो । अग्रज दाजु शेखर गौतम लगायतको साथमा प्रहरी प्रतिनिधि लिएर खानेपानी बोरिङ कार्यालयमै पुगे र ईश्वरका हातबाट पैसा फिर्ता पाए । इमान्दार चालक आफूसँग रहेकोमा धौलागिरी खानेपानीका सञ्चालक विनोद थापा मख्ख छन् । आश मारिसकेको पैसा जस्ताको तस्तै फिर्ता पाउँदा बाबुराम झनै बढी खुशी थिए । सबैले ‘यस्तो जमानामा तिमी जस्तो ईमान्दार मान्छे हुँदो रैछ’ भन्दा सबैभन्दा बढी सन्तोष अनुभूति ईश्वरलाई हुन्छ । इमान्दारिताको चौतर्फी प्रशंसा हुँदा यसै मख्ख ।

सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न सरसफाई: प्रदेश सांसद गुरुङ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला