पोखरा । रोजगारीका लागि मलेसिया पुगेका एक नेपाली युवा केही दिनदेखि बेपत्ता भएका छन् । बैदेशिक रोजगारीका लागि मलेसिया पुगेका गोरखाको पालुङटार नगरपालिका, ठाटीँपोखरीका जगत गन्धर्वलाई आफैँले काम गर्ने कम्पनीको मालिकले कुटपिट गरी बेपत्ता पारिएको स्रोतले जनाएको छ ।
मलेसियाको जोहेर बारुमा अबस्थीत ग्लोबल गार्ड सिक्युरिटी कम्पनीमा कार्यरत गन्धर्वलाई आफैँले काम गर्ने कम्पनीको मालिकले मुखबाट रगत आउने गरि सम्वेदनशिल अंगमा कुटपिट समेत गरेको सोही कम्पनीमा उनीसँगै कार्यरत नेपालीहरुको भनाई उदृत गर्दै गैर आवसिय नेपाली संघ (एनआरएन) मलेसियाले जनाएको छ ।
संघका अनुसार मदिरा सेवन गरेका गन्धर्वलाई उनी सुतैको होटमा गएर कम्पनी मालिकले कुटेका हुन् । मार्च ४ गते लामो समयमसम्म काम गरेको उनी मार्च ५ बाट परिवार तथा साथीहरूको सम्पर्कमा नआएपछि कम्पनीले नै वेपत्ता पारिएको संघले जनाएको हो ।
बेपत्ता गन्धर्वको बारेमा आवश्यक छानबिन गरि उद्धारका लागि गैर आवासीय नेपाली संघ (एनआरएनए) ले नेपाली राजदुतावास क्वालालम्पुर मलेसियालाई पत्राचार गरेको एनआरएनए जोहोरका सचीव अर्जुन सिहं ठकुरीद्वारा हस्ताक्षर गरिएको पत्रमा उल्लेख गरिएको छ ।
यस्तो छ पत्र
सम्बन्धित खबर
दमौलीबाट पोखरा आउँदै गरेको बस रुपामा दुर्घटना, एक घाइते
ग्राहकलाई कुट्ने दोहोरी साँझका साहुजी पक्राउ
पोखरा–मुग्लिन सडक विस्तारः १३ पुल सम्पन्न, ११ बन्दै
सानिमा बैंकका ग्राहकलाई मणिपालमा छुट
सहारा बाल आधारभूत विद्यालयलाई स्मार्ट टिभी सहयाेग
स्याङ्जा जिल्ला अस्पतालमा बाल विशेषज्ञसहित सेवा सुरू
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग