पोखरा । होली खेल्ने क्रममा बुधबार अनुचित व्यवहार गरी कुटपिटमा समेत संलग्न भएका एक सय एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । होलीका क्रममा अनावश्यक हो—हल्ला गरी झै—झगडा गर्ने २ महिला सहित १ सय १ जना पोखराको बिभिन्न क्षेत्रबाट पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीको अनुसार बुधबार पक्राउ परेका मध्ये ४२ जनालाई अनुसन्धान पछि आफन्तको जिम्मामा छाडिएको छ भने बाँकी ५९ जनालाई अनुसन्धान गरिरहेको छ ।
पोखरामा ट्राफिक नियम उल्लङ्घन गर्ने ५० बढि सवारी कारवाहीमा
होलीमा हुन सक्ने सम्भावित सवारी दुर्घटना न्यूनिकरणका लागि खटिएका ट्राफिक प्रहरी कास्कीको टोलीले ५० जना भन्दा बढी सवारीलाई कारवाही गरेको जनाएको छ । बुधबार परेको होली पर्वको अवसरमा ट्राफिक चेकिङ तीब्र बनाएसँगै नियम उल्लङ्घन गर्ने ५० जना भन्दा बढी सवारी चालक कारवाहीमा परेका हुन् । बुधबार कास्की प्रहरीले सिभिल मोवाईल सहितका ६ सय भन्दा बढी सुरक्षाकर्मी विभिन्न स्थानमा खटाएको जनाएको छ ।
काठमाण्डौ उपत्यकाभित्र ९१८ सवारी चालक कारवाहीमा
तर, काठमाण्डौ उपत्यकाभित्र ट्राफिक प्रहरीले होली पर्वमा जथाभावी रुपमा सवारी साधन चलाउने ९१८ चालकलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज होली पर्वका अवसरमा ट्राफिक नियम उल्लङ्घन गर्ने ९०५ दुईपाङ्ग्रे र १३ वटा चारपाङ्ग्रे सवारी साधनलाई कारवाही गरेको हो ।
महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले मादक पदार्थ सेवन गरी सवारी चलाउने, मोटरसाइकलमा तीन जना राखेर चलाउने, तीव्र गतिमा चलाउने र ठूलो आवाज निकालेर चलाउने चालकलाई कारवाही गरिएको जानकारी दिएका छन् ।
अवाञ्छित गतिविधि गर्ने ८४ जना पक्राउ
होलीको अवसरमा उच्छृङ्खल गतिविधि गर्ने ८४ जनालाई आज प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई उपत्यकाका विभिन्न क्षेत्रबाट पक्राउ गरिएको हो ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’