पोखरा । जलमाफियाहरुले फेवाताल अतिक्रमण गरेपछि पुरानै अवस्थामा फर्काउन सर्वाेच्चले चार महिना अघि नै आदेश दिइसकेको छ । आदेश कार्यान्वयन चरणमा अब फेवातालको सिमांकन गरी तालको सीमानामा स्तम्भ गाडिने भएको छ ।
२९ किलोमिटर चौघेरो भएको फेवातालको सीमांकन गरी तालको चारवटै किल्लामा ११ सय सिमेन्टको स्तम्भ गाडिने पोखरा महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले गरेको स्टेमेटमा उल्लेख भए अनुसार बन क्षेत्रमा ५० मिटर र सहरी क्षेत्रमा १५-१५ मिटरको दुरीमा स्तम्भहरु गाडिनेछ ।
११ सय वटा स्तम्भ राखिनेमा प्रति स्तम्भ पाँच हजार चार सय रुपैँयाको दरले कुल ५३ लाख रुपैँया लागत खर्च लाग्ने भएको छ । सर्वाेच्चकै आदेश अनुसार प्रदेश सरकारले तालको नक्सांकन समेत गर्ने जनाएको छ ।
सर्वाेच्चको आदेश कार्वान्वयन गर्न दुई समिति
सर्वाेच्चले ताललाई पुरानै संरचनामा फर्काउन दिएको आदेश कार्यान्वयन गर्न दुई वटा समिति गठन गरिएको छ । गत माघ ९ गते गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालको अध्यक्षतामा ११ सदस्यीय समिती गठन गरेको थियो । उक्त समितिको बुधबार बसेको बैठकपछि पुनः सिमांकनको लागि प्रतिवेदन पेश गर्ने गरि अर्काे उपसमिति गठन गरेको हो ।
उपसमितिमा तीन जना सचिव, जिल्ला प्रशासन, नापी कार्यालयका प्रतिनिधि सहित गठन गरिएको छ । उपसमितिले प्राबिधिक सहितको टोली लिएर स्थलगत अध्ययन गरी एक हप्ता भित्रै पर्यटन मन्त्रालयमा प्रतिवेदन बुझाउनु पर्नेछ ।
फेवातालको ६५ मिटर वरिपरी भौतिक संरचना निषेध, प्रदेश सरकारको ढिलासुस्ती
सर्वाेच्चको आदेश अनुसार अब फेवातालको ६५ मिटर वरीपरी ताललाई असर पार्ने कुनै भौतिक संरचना बनाउन नदिन सर्वाेच्चले आदेश दिएको छ । तर, सर्वाेच्चको आदेश आएको चार महिना हुँदा पनि प्रदेश सरकारको काम तुलनात्मक रुपमा ढिलो भएको सरोकारवालाहरु बताउँछन् । अधिवक्ता खगेन्द्र सुवेदीले २०६७ माघ १० गते दायर गरेको रिटको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै विश्वप्रकाश लामिछानेको अध्यक्षतामा फेवातालको अतिक्रमण भएको जग्गा छानविन गर्न गठित समितिले बुझाएको प्रतिवेदनमा उल्लेख भए अनुसार नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ले आवश्यक निर्णय समेत गरी आदेश प्राप्त भएको मितिले ६ महिनाभित्र फेवातालको चार किल्ला कायम गर्नु गराउनु भनेको छ ।
सम्बन्धित समाचारहरु:
http://gandaknews.com/fewatal-jagga-muddha/
http://gandaknews.com/fewatal-3/
http://gandaknews.com/fewatal-4/
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’