अश्विन दानी, पोखरा । यातायात ब्यबस्थापन तथा सवारी अनुमती पत्र कार्यालय गण्डकीमा अबदेखि १९ रुपैँयामा मेडिकल रिपोर्ट दिन थालेको छ । कार्यालयले सवारी चालक अनुमती पत्र लिन आउने सेवाग्राहीहरुलाई यहि चैत्र १ गतेदेखि १९ रुपैँयामा मेडिकल रिपोर्ट दिने थालेको हो ।
यातायात ब्यबस्थापन तथा सवारी अनुमती पत्र कार्यालय गण्डकीले टेण्डर आव्हान गरि सबैभन्दा कम मूल्यमा सेवा प्रदान गर्ने डा.राजेन्द्र मानन्धरलाई मेडिकल रिपोर्टको जिम्मेवारी दिएको कार्यालय प्रमुख दिपक पोखरेलले जानकारी दिए ।
‘हामिले टेण्डर आव्हान गरेर सबैभन्दा कम मूल्यमा रिपोर्ट तयार पार्नेलाई मेडिकल रिपोर्ट गर्न दिएका हौँँ’ पोखरेलले भने, ‘टेण्डर आव्हान भएर सम्झौता भए अनुसार डा.राजेन्द्र मानन्धरले गत चैत्र १ गतेबाट १९ रुपैँयामा नै मेडिकल रिपोर्ट प्रदान गर्न थाल्नु भएको छ ।’ यस अघि मेडिकल रिपोर्ट बनाउन ९० रुपैँया शुल्क लिने गरिन्थ्यो ।
कार्यालय प्रमुख पोखरेलका अनुसार १८ रुपैँया निरोगिताको प्रमाण पत्र र १ रुपैँया व्लड ग्रुप गरि मेडिकल रिपोर्टका लागि कुल १९ रुपैँया तिर्नुपर्ने छ । मेडिकल रिपोर्ट शुल्क ९० रुपैँयाबाट घटेर १९ रुपैँयामा नै बन्ने भएपछि सेवाग्राहीहरुले खुसी ब्यक्त गर्ने गरेको पाखरेलले बताए ।
कसैले अनावश्यक शुल्क मागे उजुरी गर्नुस् : कार्यालय प्रमुख
सबै सेवा प्रदायक संस्थामा सरकारी दररेट भन्दा बढि शुल्क तिर्नु नपर्ने बताउँदै कोही कसैले अनाबश्यक शुल्क मागे सम्बन्धीत ठाउँमा उजुरी गर्न कार्यालय प्रमुखले सेवाग्रँहीहरुलाई आग्रह गरेका छन् ।

कार्यालय प्रमुख दिपक पोखरेल
‘सरकारी दररेट भन्दा बढि एक रुपैँया पनि कहिकतै दिनु पर्दैन्’ पोखरेलले भने, ‘कोही नबुझेका मानिसहरुलाई कोहि कसैले ठग्ने र अनाबश्यक शुल्क लिने गर्न सक्छन् । त्यसरी दिनुपनि गलत हो र यदी कसैले त्यसरी अनाबश्यक पैसा मागे भने सबै सेवाग्राहीहरुले सम्बन्धीत ठाउँमा उजुरी गर्नु हुन अनुरोध गर्छु ।’ कार्यालयमा रसिद लिएर मात्रै पैसा दिने गरेमा सेवाग्राहीहरु ठगिनबाट बच्ने गरेको उनले बताए ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु