किरण श्रेष्ठ, तनहुँ । सरकारले आज (शुक्रबार) र शनिबार काठमाडौंमा हुने लगानी सम्मेलनमा लगानी बोर्डले प्रस्तुत गर्ने परियोजनामा दमौली बहुउद्देश्यीय पर्यटन पर्यटन परियोजना पनि प्रस्तुत हुने भएको छ ।
विहीबार व्यास नगरपालिकामा पत्रकार सम्मेलन आयोजना गरी व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सम्मेलनमा दमौली बहुउद्देश्यीय पर्यटन पर्यटन परियोजना समेत प्रस्तुत हुने जानकारी दिए । ६ अर्बको लगानीमा मादी नदीमा बाँध बाधेर ताल बनाइने नगर प्रमुख न्यौपानेले बताए ।
अन्तर्राष्ट्रिय लगानी सम्मेलनको लागि र ४० देशका ६ सय १५ लगानीकर्ता सहभागी हुँदैछन् । लगानी वोर्डका अनुसार एनआरएनका ५० जना र ३०५ जना नेपाली लगानी कर्ताको सहभागिता रहने छ। सम्मेलनमा सबैभन्दा बढी चिनियाँ लगानीकर्ताहरुको सहभागिता हुनेछ ।
दुई दिने सम्मेलनमा लगानी बोर्डले कृषि, जलविद्युत, उद्योग, पर्यटन , यातायात, सहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्य क्षेत्र सम्बन्धी सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरी ७७ वटा परियोजनाहरु प्रस्तुत गर्ने छ ।
व्यास नगरबासि तथा तनहुँबासि लाई उक्त परियोजना सम्मेलनमा प्रस्तुत हुने विषय गौरवको कुरा भएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताए । व्यास नगरपालिकाको वडा नम्बर ३ र ५ को भाग लाई बाध बाधेर मादी नदीमा ताल बनाउने योजना रहेको छ ।
ताल संगै आर्टिफ़िसिय विच र पार्कहरु समेत बन्नेछन । त्यस्तै पोखराबाट नजिक भएको हुँदा पर्यटकको आकर्षण बढि हुने न्यौपानेले बताए । उक्त योजना सम्पन्न गर्न ६ अर्व लाग्नेछ ।
आयोजना निर्माण अवधि भने वर्ष रहेको छ । मादी नदी ताल बने पछि तालमा जम्मा हुने बालुवा विक्री गरि आर्थिक फाइदा समेत नगरपालिकाले लिन सक्ने न्यौपाने बताउछन ।
सम्मेलनलाई लक्षित गर्दै सरकारले सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन ल्याउनुका साथै विशेष आर्थिक क्षेत्र ऐनमा संसोधन समेत गरी सकेको छ ।
सम्मेलनका लागि म्यानमारका लगानी तथा विदेश आर्थिक सम्बन्ध मन्त्री यू थाउङ टुन, विश्व बैंकका उपाध्यक्ष हार्टवीग स्याफर, एशियाली विकास बैंकका उपाध्यक्ष सिजिन चेन, विश्व बैंक अन्तरगतको वहुपक्षीय लगानी प्रत्याभूति सम्बन्धी निकायका उपाध्यक्ष तथा प्रमुख कार्यकारी केईको होण्डा, अन्तर्राष्ट्रिय वित्त निगमका आर्थिक तथा निजी क्षेत्र विकाससम्बन्धी उपाध्यक्ष हान्स पिटर लंकेस, एशियाली पूर्वाधार लगानी बैंकका लगानी तथा कार्यसंचालन सम्बन्धी उपाध्यक्ष डोङ ली तथा माईक्रोसफ्ट, अमेजन, पावर चाईना, चाईना रेलवे, डाबर, यूनिलिभर लगायतका विश्व प्रसिद्ध कम्पनीहरुको उच्चपदस्थ प्रनिनिधिहरुको उपस्थिति रहने लगानी बोर्डले जनाएको छ ।
उक्त दुई दिने सम्मेलनको पहिलो दिन नेपाल सरकारको तर्फबाट लगानीको अवसर तथा लगानी सम्बन्धी नीतिगत सुधारहरुबारे प्रस्तुतिकरण , नेपालमा लगानी गरिरहेका लगानीकर्ताहरुको अनुभव, अन्तराष्ट्रिय लगानीकर्ताहरुको लगानी सम्बन्धी अनुभव सहित सातटा विषयगत सत्रहरु संचालन हुनेछन् ।
त्यसैगरी सम्मेलनको अन्तिम दिन दुईवटा क्षेत्रगत र तीनवटा प्लेनरी सत्रहरु संचालन हुनेछन् । निजी क्षेत्रका उद्योगी व्यवसायीले समेत सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
सम्बन्धित खबर
फोहोरबाट मोहर कमाउँदै भीरकोट
स्याङ्जाको रोयल सहकारीको ३४ लाख नाफा, आगामी वर्ष डेढ करोड मुनाफाको लक्ष्य
पोखरामा खुल्यो बिवाईडीको नयाँ शोरूम, एसयूभी सिलायन-७ लञ्च
सफलको ‘कुजिन लाइन’, स्वाद, स्वास्थ्य र सरलतासँगै नयाँ अनुभव
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
स्याङ्जा प्रशासनको प्रभावशाली राजस्व सङ्कलन: राहदानीबाट मात्रै सात करोडभन्दा बढी
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’