एसईई परीक्षा अन्तर्गत प्रदेश–२ शनिबार हुन लागेको स्वास्थ्य तथा जनसंख्या विषयको प्रश्नपत्र पनि बाहिरिएको छ । प्रश्नपत्र प्रदेश २ को सामाजिक मामिला मन्त्रालयका उपसचिव ठूलबाबु दाहालको फेसबुक मेसेन्जरमा प्राप्त भएको हो।
यसअघि बिहीबारको विज्ञान र शुक्रबारको सामाजिक विषयको प्रश्नपत्रसमेत बाहिरिएको थियो । परीक्षाको अघिल्लो दिन नै प्रश्नपत्र बाहिरिएपछि शनिबारको परीक्षा तयारीबारे बुझ्न सम्बन्धित क्षेत्रमा खटिएका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रतिनिधि र सरोकारवालाको टोलीले शनिबारको प्रश्नपत्र बाहिरिएको पुष्टि गरेका हुन् ।
बिहीबार परीक्षा अगावै विज्ञान विषयको प्रश्नपत्र आउट भएपछि परीक्षा रद्द गरिएको थियो। आज हुने भनिएको सामाजिक विषयको प्रश्नपत्र पनि आउट भएपछि परीक्षा नै स्थगित भएको छ। परीक्षा रद्द भएपछि आक्रोशित विद्यार्थीहरु प्रदेश २ का आठै जिल्लामा प्रदर्शन गरेका छन्।
कतिपय ठाउँमा प्रहरी र परीक्षार्थीबीच झडप भएको हो। सर्लाहीमा आक्रोशित परीक्षार्थी तोडफोडमा उत्रेपछि ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सिरहामा एक परीक्षार्थीलाई प्रहरीले कुटपिट गरेको छ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष