पूर्वराजा ज्ञानेन्द्र शाहलाई विराटनगर विमानस्थल पुर्याएर फर्किएको गाडीको ठक्करबाट एक जनाको ज्यान गएको छ । बुधबार राति ९ बजे बा ३ च ७९६२ नम्बरको कारले विपरित दिशाबाट आउँदै गरेको को १५ प ९९७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा विराटचोकका २२ वर्षीय हेम चौधरीको मृत्यु भएको हो ।
कारको ठक्करबाट मोटरसाइकल चालक इटहरी उपमहानगरपालिका–८ बस्ने २२ वर्षीय प्रकाश चौधरी र मोटरसाइकलको पछाडि सवार वर्ष २२ को हेम चौधरी गम्भीर घाइते भएका थिए । घाइते हेमको उपचारको उपचारको क्रममा नोबेल अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । प्रकाश चौधरीको भने सोही अस्पतालमा उपचार भइरहेको छ ।
एयरपोर्ट छाडेर फर्किँदा दुर्घटना
विराटनगर अस्पतालमा भेटिएका प्रकाशका आफन्तहरु दुर्घटनामा संलग्नलाई कारवाही नहुने हो कि भन्ने चिन्तामा छन् । यो पूर्व राजाको सुरक्षामा खटिने सादा पोशाकका सशस्त्र प्रहरीले प्रयोग गर्ने पछुवा गाडी हो।
पूर्वराजाको सवारी हुँदा प्रयोग हुने गाडी सशस्त्र प्रहरीका जवान दिपेन्द्र लम्सालले चलाएका थिए । गाडीमा सुटकेस र पूर्वराजाको सचिवालयको सामग्री थियो । स्रोतका अनुसार पूर्वराजा देशका विभिन्न स्थानमा जाँदा काठमाडौंबाट गाडी लैजाने गरिएको छ ।
गाडी झापाको दमकबाट पूर्वराजासहितको टोलीको सुरक्षाका लागि भनेर विमानस्थलसम्म पिछा गर्दै आएको थियो। सादा पोशाकमा खटिने सशस्त्र प्रहरीले पूर्वराजाको सुरक्षामा प्रयोग गर्ने निशानको कारले मोटरसाइकललाई ठक्कर दिएको हो।
विशेष गरेर ज्ञानेन्द्र निर्मल निवासमा रहेका बेला र उनको भ्रमणका समयमा सुरक्षाका लागि सादा पोशाकमा रहने सशस्त्र प्रहरीले यो गाडीको प्रयोग गर्छन्।उनी केही दिनदेखि पूर्व क्षेत्रको भ्रमणमा थिए।पूर्वराजाको सचिवालयको सामानसहित बोकेर कार शुक्रबार काठमाडौं फर्कने तयारीमा रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
दुर्घटनामा मोटरसाइकलसँगै ठक्कर दिने कारको अगाडि र साइडको भागमा पनि क्षति पुगेको छ। दुवै सवारी साधनलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको र चालक सशस्त्रका जवान लम्साललाई सवारी ज्यान मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेको कार पनि बिहीबार काठमाडौं लैजाने तयारी थियो ।
File Photo
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’