पोखरा विश्विद्यालयमा भएको अनियमित भर्ना र विद्यार्थीमा परेको असरलाई लिएर नेपाल विद्यार्थि संघ (नेविसंघ) ले सिंहदरबारको गेटैमा प्रदर्शन गरेकाे छ । शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापन पत्र बुझाउने समय नपाएपछि विद्यार्थीहरुले सिंहदरबार अगाडिको सडकमै कुर्सीसहित नेविसंघकाे टोली प्रदर्शनमा उत्रिएको हो ।
कुर्सीमाथि शिक्षामन्त्री गिरिराजमणि पोखरेलको फोटो थियो । उनीहरुले कुर्सी र फोटो जलाउन डिजेल छर्कदै थिए, त्यतिकैमा प्रहरीले हस्तक्षेप गरेर कुर्सी नियन्त्रणमा लियो । दुईजना विद्यार्थी नेता सिजन भट्ट र सरोज थापा पक्राउ परे, अरु पाँच ६ जना विद्यार्थी फुत्किन सफल भए ।
नेविसंघका विद्यार्थी नेता, पोखरा विश्वविदालय संयोजन समितिका अध्यक्ष नवराज त्रिपाठीले त्रिभूवन विश्वविद्यालयले तोकेको ११ र १२ कक्षामा सि ग्रेड ल्याउने विद्यार्थीलाई भर्ना नलिने मापदण्ड विपरित पोखरा विश्वविद्यालयले भर्ना लिएर परीक्षामा सहभागी नगराएको बताए । यसरी नियमविपरित भर्ना लिने क्याम्पसको सम्बन्धन खारेजी र कडाभन्दा कडा कारवाहीको माग गर्दै आन्दोलन सुरु गरेको बताए । उनले यो आन्दोलन निरन्तर जारी राख्ने बताए ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष