सुचना, सञ्चार तथा प्रविधिमनन्त्री गोकुल बास्कोटाले बुद्ध एयर आफुलाई छाडेको प्रति आक्रोस व्यक्त गरेका छन् । बुद्ध एयर मार्फत भैरहवाबाट काठमाडौं जाने क्रममा जहाजले मन्त्री बास्कोटालाई नकुरी उडेपछि आक्रोशित बनेका हुन् ।
बुटवलमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री बास्कोटाले भने, ‘विना सूचना बुद्ध एयरले जहाज उडायो, मलाई छाडेर गयो ।’ मन्त्री बास्कोटाले ‘जहाजले छाडेर गएपछि तपाईंहरूसँग भेट भो । मलाई त दुःख दियो । लुम्बिनी आउने पर्यटकहरूलाई कति समस्या खेप्दा होलान् पत्रकारहरूले त्यतातर्फ पनि ध्यान दिनुपर्छ । विज्ञापनको पछाडि मात्र नलागौं ।’
सञ्चारमन्त्री बाँस्कोटा छुटेको भन्ने समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको बुद्ध एयरले जनाएको छ । विज्ञप्ति जारी गर्दै कम्पनीले ६८ जना यात्रु छोडेर मन्त्रीलाई कुर्न नसकिएको स्पष्ट पारेको हो । विज्ञप्तिमा भनिएको छ, ’वैशाख २ गते काठमाडौं–भैरहवाको उडान नम्बरको ८५७, उडान समय ४ बजेको सट्टा काठमाडौं विमानस्थलको मर्मत र मौसमको खराबीको कारणले उडान बेलुका ७ बजे उडेको र अवतरण ७ बजेर ३२ मिनेटमा भएको थियो ।
काठमाडौंबाट उड्नेबित्तिकै हाम्रा भैरहवा विमानस्थलका कर्मचारीले त्यहाँको सुरक्षा निकायसँग समन्वय गर्दा मन्त्रीज्यू र टोली सो उडानबाट नजाने र वैशाख ३ गते बिहानको उडानमा सिट व्यवस्था गरिदिन अनुरोध गरेका थिए ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष