पोखरा : १६ बर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका अभियुक्त सुन्दर कुमार श्रेष्ठ धरौटीमा रिहा भएका छन् । बलात्कार गरेको आरोपमा पक्राउ परेका पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष श्रेष्ठलाई बुधबार ५ लाख रुपैँया धरौटीमा रिहा गरेको हो । उनलाई जिल्ला अदालत कास्कीका न्यायाधीश लालकाजी श्रेष्ठको इजालसले धरौटीमा छाड्न आदेश दिएका हुन् ।
होटल व्यवसायी श्रेष्ठलाई आफनो घर नजिक एकाघरमा आश्रित बालिकामाथि २०७४ साल असोज महिनादेखि पटक पटक बलात्कार गरेको आरोप लागेको थियो। बलात्कारका आरोपी श्रेष्ठलाई चैत्र ८ गते पक्राउ गरिएको थियो।
दुई दिनदेखि चलेको थुनछेक बहसपछि बुधबार श्रेष्ठलाई अदालतले थुनामा राखी कार्वाही गर्न नपर्ने भन्ने आदेश गरेको छ। वादीकातर्फबाट जिल्ला महान्यायाधिबक्ता गुरुप्रसाद वाग्ले, पूर्णप्रसाद शर्मा र अधिबक्ता भुवन पराजुली काफ्लेले बहस गरेका थिए ।
प्रतिवादी सुन्दरकुमार श्रेष्ठको तर्फबाट बरिष्ठ अधिबक्ताद्धय कृष्ण बहादुर थापा, रमनकुमार श्रेष्ठ, नेपालबार एशोशिएसनका गण्डकी उपाध्यक्ष अधिवक्ता सुरेन्द्र थापा मगर, उच्च बार पोखराका अध्यक्ष अधिबक्ता रोहितराज बास्तोला, अधिबक्ता गोबिन्द पौडेल, अधिबक्ता योगेन्द्र बहादुर अधिकारी, अधिबक्ता मिलन राई लगायतले पैरवी गरेका थिए।
श्रेष्ठलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १(२) को कसुर गरेको आरोपमा (३) घ बमोजिम १० देखि १२ बर्षसम्म कैद र मनासिव अनुसारको क्षतिको मागदावी गरिएको श्रेष्ठ बिरुद्ध जवरजस्ती करणी मुद्धा दायर भएको थियो ।
निज बालिकामाथि यौन दुव्र्यबहार गरेको आरोप लागेका एनआइसी एसिया बैंक, प्रस्याङ शाखाका म्यानेजर सुवास सुवेदीलाई अदालतले यसअघि नै ३ लाख धरौटीमा हिरासतमुक्त गरेको थियो।
सम्बन्धित समाचारहरु :-
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ