अमेरिका – अमेरिकी सरकारले गैरकानुनी रूपमा सीमा क्षेत्रबाट प्रवेश गर्ने विदेशीलाई जेलमा नै राख्ने निर्णय लिएको छ। धेरै नेपाली महिनौं लगाएर अमेरिका पुगिरहेको अवस्थामा उनीहरूले त्यहाँको अदालतको निर्णय नआउन्जेल जेलमा बस्न पर्ने भएको हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा अनिल अधिकारीले लेखेका छन् ।
यसअघि यसरी अमेरिका प्रवेश गर्नेले एसाइलम आवेदन दिएपछि धरौटीमा रिहा गर्ने प्रावधान थियो। यसलाई बुधबार देखि हटाइएको हो । बिना कागजात प्रवेश गरेका त्यस्ता आवेदकलाई अमेरिकी सरकारले एसाइलमको अन्तिम निर्णय नहुँदा सम्मकालागि बोण्ड अर्थात धरौटीमा रिहागर्दै बाहिर काम गर्ने अवसर दिन्थ्यो। बुधवार जारी भएको महान्यायधिवक्ताको निर्णय संगै अब एसाइलम आवेदकहरू, निवेदन स्विकृत नुहँदासम्म अध्यागमनको जेलमा नै बस्नुपर्ने हुन्छ ।
अध्यागमन हिरासतमा आप्रवासीलाई राख्ने क्षमता बढाउनुपर्ने भएकाले महान्यायधिवक्ताको निर्णय, ९० दिनमा कार्यन्वयनमा आउनेछ। महान्यायधिवक्ताको निर्णय संगै बिगत १४ बर्षदेखी धरौटीमा रिहागर्ने अभ्यासको समेत अन्त्य भएको छ । यो निर्णयले अमेरिका विनाकागजात प्रवेश गर्ने संख्या घट्ने विश्वास समेत लिइएको छ । जेलमा बस्नेले कुनै काम गर्न नपाउने र असाइलम स्विकृत नभए डिपोर्ट हुने हुनाले त्यो रिक्समा कोही नपर्र्न समेत अमेरिकामा रहेका नेपालीहरूको आग्रह छ ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह