काठमाडौं– भारतीय विमान कम्पनी जेट एयरवेजले आर्थिक संकटका कारण आफ्ना सबैअन्तर्राष्ट्रिय उडानहरु बन्द गरेपछि त्यहाँ कार्यरत कर्मचारीको बिचल्ली भएको छ । एकातर्फ उनीहरुले तलब पाएका छैनन् भने अर्कोतर्फ कम्पनीको शेयर लिलामीमार्फत बिक्री गर्ने प्रक्रिया अगाडि बढाइएको बताइन्छ ।
जेट एयरवेजलाई ऋण दिएका बैंकहरुको तर्फबाट एसबीआई क्यापिटलले एयरवेजको ३१ देखि ७५ प्रतिशतम्म शेयर बेच्न लिलाम बढाबढको सूचना जारी गरिसकेको छ । सो शेयर लिलाममार्फत सकार्न चाहनेहरूले यही अप्रिल ३० तारिखसम्म बोलपत्र हाल्न सक्ने क्यापिटलले जनाएको छ ।
यो कम्पनी बन्द भयो भने यहाँ कार्यरत करिब २३ हजार कर्मचारी तथा प्राविधिकले जागीरबाट हात धुनुपर्ने अवस्था देखिएको छ । जेट एयरलाइन्स हाल ११० करोड डलर घाटामा रहेको बताइएको छ ।
जेटका विमान कर्मचारीले लगाउने पहेंलो ड्रेसमै उनीहरूले प्रदर्शन गरेका थिए । उनीहरूले प्रधानमन्त्री नरेन्द्र मोदीलाई यस विषयमा हस्तक्षेप गर्न अपील गरेका थिए । केहीले ‘जेट एयरवेज बचाऊ, हाम्रो परिवार बचाऊ’ भनी लेखिएका प्लेकार्ड बोकेका थिए ।
‘मेरा बच्चाहरूले औषधि मागिरहेका छन् । हामी कहाँ गएर भीख माग्ने ? हामीले सरकारलाई नभन्ने हो भने कसलाई भन्ने त ?’ जेट एयरवेजका ब्यागेज ह्यान्डलर राजेन्दर कुमारले बिलौना गरे ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष