पोखरा । कास्की प्रहरीले पक्राउ गर्न नसकेको गण्डकी मेडिकल कलेजका अध्यक्ष खुमा अर्याल धरौटीमा रिहा भएका छन् । कास्की प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि फरार अर्याल सोमबार जिल्ला अदालतबाट धरौटीमा रिहा भएका हुन् । उनी वकिल सहित सोमबार अदालत हाजिर भएका थिए ।
जिल्ला न्यायधिस लालकाजी श्रेष्ठको इजलासले अर्याललाई १७ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । अर्यालसँगै पक्राउ पुर्जी काटिएका ८ जना रिहा भैसकेका छन् । कलेजका विद्यार्थीहरुले ठगीको आरोपमा अर्यालसहित ११ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । विद्यार्थीहरुको जाहेरीका आधारमा कास्की प्रहरीले फागुन २१ गते पक्राउ पुर्जी जारी गरेको थियो । सोही जाहेरीको भोलिपल्टै २ जनालाई पक्राउ समेत गरेको थियो । पक्राउ परेकाहरु गत चैत १८ गते नै जनही १७ लाख बुझाएर रिहा भएका थिए ।
यसअघि कलेजका कर्मचारीहरु दिनेश पौडेल, युवराज शर्मा, कृष्णप्रसाद पौडेल एकसाता अघि रिहा भएका हुन् । प्रिन्सिपल डा. रवीन्द्रप्रसाद श्रेष्ठ, कर्मचारी हरिमाया ढुंगाना पौडेल र विश्वराज घिमिरे अहिलेसम्म पनि फरार छन् । विद्यार्थीले ५३ करोड ठगी गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय र सम्पत्ति शुद्धिकरण विभागमा सञ्चालकविरुद्ध उजुरी दिएका थिए ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’