पोखरा विश्वविद्यालयमा रोकिएको परीक्षा आगामी सोमबार अर्थात् १६ वैशाखबाट सुरु हुने भएको छ । विद्यार्थीहरू आन्दोलनमा उत्रिएपछि विश्वविद्यालयले चालू शैक्षिक सत्रमा तीनपटक परीक्षा मिति हेरफेर गरेको थियो ।
गत फाल्गुन ३० गते हुने भनिएको परीक्षा चैत्र ३० मा सारिए पनि विद्यार्थी आन्दोलनले परीक्षा हुन सकेको थिएन। विद्यार्थीले गरेको आन्दोलन र तालाबन्दीका कारण वैशाख ६ गते सञ्चालन गर्ने भनिएको ४ संकायको परीक्षासमेत स्थगित भएको थियो। तर लामो समयदेखि ’डी प्लस’ ग्रेड भर्ना सम्बन्धमा विश्वविद्यालयमा रहेको विवाद सुल्झिएपछि परीक्षाको नयाँ मिति तोकिएको हो ।
डी ग्रेड ल्याउने विद्यार्थीको रजिष्ट्रेशन लिन नहुने विषयको माग गर्दे विद्यार्थी समूह आन्दोलनमा उत्रिएका थिए। पटकपटक परीक्षा मिति फेरबदल हुनुका साथै विद्यार्थीले गरेको आन्दोलन नरोकिएपछि प्राज्ञिक परिषद्ले ’डी प्लस’ ग्रेड ल्याउने विद्यार्थीको रजिष्ट्रेशन नहुने निष्कर्षमा निकालेको थियो।
सोमबारबाट सुरु हुने परीक्षा विभिन्न संकायको गरी असार ७ गतेसम्म जारी रहने छ। परीक्षालाई व्यवस्थित, मर्या्दित रूपमा सञ्चालन गर्नका सम्बन्धित सरोकारवाला पक्षलाई सहयोग गरिदिन विश्वविद्यालयले आग्रह गरेको छ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’