गोरखा – भूकम्पको चौथो वर्ष बित्यो। २०७२ वैशाख र २०७६ वैशाख गोरखाका लागि भिन्न छ । गोरखामात्रै होइन भूकम्पको केन्द्रबिन्दु बारपाकले यसबीचमा काँचुली फेरेको छ। छपक्कै पक्की घर बनेका छन् । पहिले बारपाकमा एकअर्को घर जान, चिन्न मुस्किल थियो । घरघरै एम्बुलेन्स पुग्ने सडक थिएन । अहिले बस्तीको बीच भाग भएर सडक खुलेको छ ।
पुरानो ढुंगामाटोको विद्यालय थियो, अहिले विद्यालय भवन सिमेन्टको पक्की बनेको छ। चार वर्ष टहरामा पढेका अब पक्की भवनमा पढ्दैछन् । यो भूकम्पले ल्याएको अवसर हो ।यो समाचार आजको नागरिक दैनिकमा नरहरि सापकोटाले लेखेका छन् ।
सदरमुकामबाट बारपाकसम्म जाने ४७ किलोमिटर सडक कालोपत्रे हुँदैछ । एक दिन पुरै खर्चेर सदरमुकाम आउने बारपाकी अचेल चार घन्टामै आउँछन् । कालोपत्रे सकियो भने यो समय अझ दुई घन्टामा झर्ने पक्का छ । कालोपत्रे गर्ने ठेक्का भइसक्यो ।
सडक आयोजनाले समयमै नगर्दा काममा भने ढिलाइ भएकै छ । खानेपानी आयोजना एउटा गैरसरकारी संस्थाले निर्माण गरेर घरघरै धारा जोडिदिएको छ । आफैं बिजुलीमा अत्मनिर्भर रहेको बारपाकमा भूकम्पपछि विद्युत् ध्वस्त भयो । गाउँ नै उज्यालो बनाउने जेनेरेटर बारपाकीले सहयोग पाए । संघ–संस्थाले खानेपानी, सरसफाइ, राहत वितरण, आंशिक रोजगारी, तालिम धेरै दिए। यो फाइदा बारपाकीले पनि लिए ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह