पोखरा । २०४० सालमा दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता गरेको पोखराले ३७ वर्षपछि यो मौका पाएको छ । गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद २०७७ फागुन २० देखि २७ गतेसम्म हुने भएको छ ।
बुधबार साझँ समापन भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको अवसरमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा हुने गरी झण्डा हस्तान्तरण गरिएको हो । उक्त समारोहका प्रमुख अतिथि उपराष्ट्रपति नन्द बहादुर पुुन, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले बुधबार साँझ पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठ सहित खेलाडीहरुको टोलीलाई झण्डा हस्तान्तरण गरेका हुन् । कार्यकममा राखेपका सदस्य द्वय राजेशकुमार गुरुङ र अस्मिता गुरुङ लगायतको सहभागिता रहेको थियो ।

अध्यक्ष श्रेष्ठले झण्डा ग्रहण गरेसँगै अबको दुई वर्षमा करिब ३८ वर्षको अन्तरालमा गण्डकी प्रदेशको राजधानी पोखरामा राष्ट्रिय खेलकुद हुने भएको हो । पोखरामा वि.सं २०४० सालमा दोश्रो राष्ट्रिय खेलकुद आयोजना भएको थियो ।
विजेता टोलीलाइ पुरस्कार वितरण गर्दै उपराष्ट्रपति पुनले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुने प्रदेश गण्डकी प्रदेशलाई समयमै तयारीमा जुट्न आग्रह गरे । पर्यटकीय नगरी पोखरामा केन्द्र हुने गरी खेलपूर्वाधार निमार्णलाई भइरहेकोमा खुशी व्यक्त गर्दै नवौं खेलकुद अझ व्यबस्थित पार्न सबैलाई समयमै लाग्न उनले अनुरोध समेत गरे ।

राष्ट्रिय खेलकुद परिषदले गण्डकी प्रदेशमा केही खेलकुदका भौतिक संरचना निमार्ण भएको त केही निर्माणको क्रममा भएकोले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा हुने निर्णय गरेको राखेपका सदस्य राजेशकुमार गुरुङले बताए ।
नेपालगन्जमा भएको आठौं राष्ट्रिय खेलकुदले गर्दा उक्त क्षेत्रमा करिब एक अर्ब बढीको खेलकुदको पुर्वाधारमा लगानी भएको मध्यपश्चिम क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष भिम ओलीले बताएका छन । गत चैत २७ गते देखि अनौपचारिक रुपमा विभिन्न खेलकुद प्रतियोगिता सुरु भएको थियो ।
३ सय ७२ वटा स्वर्ण पदक भन्दै खेल पुर्व घोषणा गरे पनि आर्चरी, ट्याथलन, बडिबिल्डिङ खुल्ला इभेन्ट भएकोले उक्त पदक र्याङकिङमा नजोडिएको हो । प्रतियोगितामा विभागीय टीमकै वर्चश्व रह्यो । त्रिभुवन आर्मी प्रथम भएको छ भने पुलिस दोश्रो र एपिएफ तेश्रो प्रदेश नम्बर ३ चौथो र गण्डकी प्रदेश पाचौं भएको छ । आयोजक प्रदेश नम्बर ५ भने छैठौं स्थानमा रहेको छ ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुर्वसन्ध्यामा पोखरामै सागका केही खेल आयोजना गरिने छ । सागकै लागि पोखरामा आवश्यक भौतिक पूर्वाधार तयार पारिदैंछ ।

सम्झनामा दोश्रो राष्ट्रिय खेलकुद
अग्रज फोटो पत्रकार सुदर्शन रञ्जितले उपलव्ध गराएका केही तस्बिर । यि तस्बिरले राष्ट्रिय खेलकुदको महत्व झल्काउँछ ।


Source: PokharaSports.com
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु