गण्डक न्यूज, पोखरा । आठ वर्षदेखि युवामाझ चर्चित फेसबुक समूह मेन्स रुम रिलोडेडका मुलुकभरका सक्रिय सदस्यहरु पोखरामा भेला हुँदैछन् । देशका मुख्य शहरमा रहेर अनेकौं सामाजिक गतिविधि गर्दै एमआरआरका रुपमा आफूलाई चिनाएका सदस्यहरु शनिबार फुटसल खेल्न पोखरा आउन लागेका हुन् । यसको तारतम्य एमआरआरका पोखराका सदस्यहरुले मिलाएका छन् । नारा जुराएका छन्ः खेलकुद घुमघाम दाजुभाइको प्यार, पर्यटन प्रवर्द्धनमा हामी ‘एमआरआर’
सन् २०२० मा घोषित नेपाल पर्यटन वर्षलाई सघाउ पु¥याउन आन्तरिक पर्यटन प्रवद्र्धन हेतु कार्यक्रम गरिएको आयोजकले जनाएको छ । आपसी भाइचारा एवं भातृत्व प्रेम बढाउन पनि यस कार्यक्रम लाभदायक रहने विश्वास गरिएको छ ।
पोखराको फुटसल एरेना गैह्रापाटनमा हुने ‘एमआरआर फुटसल २०७६’ नाम दिइएको उक्त फुटसल प्रतियोगितामा देशका आधा दर्जन शहरका टीमको सहभागिता रहनेछ । झापा, बुटवल, चितवन, धनगढी, काठमाण्डौबाट टोली शुक्रबार बेलुकासम्म पोखरा आइपुग्नेछन् । काठमाण्डौ र पोखराका दुई–दुई टोलीको सहभागिता रहनेछ ।
प्रतियोगिता सम्पन्नार्थ चितवनको भरतपुर स्थित नेपाल डेण्टल केयर मेन स्पोन्सर रहेको छ । एम कन्सल्टेन्सी प्रालि र कोरियाबाट सुजन उप्रेतिले को–स्पोन्सरका रुपमा साथ दिएका छन् । बायोमन र्यापसोडी लेकसाइड, जाल्पा फ्रेस, टेन इलेभेन रेष्टुरेण्ट, कोरियाका विशाल खनालको सपोर्ट रहेको छ । हस्पिटालिटी पार्टनरमा होटल ह्वाइट हाउस ईन रहेको छ । मिडिया पार्टनरमा गण्डकन्यूज डटकम रहेको छ ।
सामाजिक सञ्जालमार्फत नै समाजसेवा गर्न सकिन्छ भनेर युवाहरुले वर्षौंअघिदेखि सामाजिक कार्यमा समर्पित भएर उदाहरणीय कार्यहरु गरिरहेका छन् । उनीहरुले बन्द विरुद्धको अभियान होस्, धादिङका क्यान्सरपीडित लोकनाथ आचायलाई सहयोग सहित दीनदुःखीको ज्यान बचाउन होस् या ‘दशैं सबैका लागि’, ‘भोकालाई माने, नांगोलाई न्यानो’ नाराका साथ सडक बालबालिकाका लागि प्रशंसायोग्य कार्य गरेर होस्, मेन्स रुम रिलोडेड (एमआरआर) मा आबद्ध भएका पोखराका सदस्यहरुले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।




धादिङका लोकनाथलाई एमआरआर पोखराको सहयोग, विद्यालयमा कम्प्युटर
एमआरआर पोखरा लगायतको आकस्मिक रक्तदानमै १४२ युनिट
एमआरआरद्वारा पोखरामा विद्युत तार चुँडिएको ठाउँसम्म -यालीका साथ दीप प्रज्ज्वलन
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’