जनकपुरधाम। सीमा क्षेत्रमा सशस्त्रको टोली सक्रिय नहुँदा तस्करी बढेको छ । भन्सार कर्मचारी रमिते बनेपछि महिनाथपुर क्षेत्रमा तस्करहरू सलबलाइरहेका छन् ।
कर्मचारी र सुरक्षाकर्मीले बेवास्ता गर्दा सेटिङमा तस्करी हुने गरेको पाइएको छ । केही घटनाले त्यसको पुष्टि हुन्छ । धनुषाको विदेह नगरपालिका-१ महिनाथपुरमा सशस्त्रको पोस्टभन्दा २० मिटर परको घरबाट जनकपुर भन्सार कार्यालयको टोलीले बुधबार १९ लाखभन्दा बढीको सामान बरामद गर्यो ।
स्थानीय नवलकिशोर रायको घरमा तस्करी गरी भन्सार छली ल्याइएको कपडा, भाँडावर्तन, खाद्यसामग्रीसहितका ३२ वटा पोका बरामद भएको थियो । नजिकैको सशस्त्र प्रहरी पोस्ट अनभिज्ञ भयो ।
गत चैत १५ गते भन्सारका केही कर्मचारी हंसपुर नगरपालिका-८ मा तस्करीको सामान नियन्त्रण गर्न पुगे । सशस्त्र प्रहरी बेसक्याम्प सोनीगामा भन्दा ५ सय मिटर दुरीमा मोटरसाइकलबाट तस्करीका सामान लगिरहेको समूहलाई कर्मचारीले रोके ।
चारजना मात्र रहेका भन्सार कर्मचारीलाई तस्कर समूहले घेराबन्दीमा पर्यो । घरेलु हतियार देखाएर कर्मचारीलाई तर्साउँदै तस्करले सबै सामान लुटेर लगे । कर्मचारीले सामान लुटिँदै गरेको भिडियो मोबाइलमा कैद गर्नुबाहेक अरू केही गर्न सकेनन् ।
नजिकै रहेको सशस्त्र प्रहरी बेस क्याम्पमा खबर गरेको एक घन्टापछि दुईजना प्रहरी कर्मचारी आइपुगे । त्यतिन्जेलसम्म तस्करले कुलेलम ठोकेका थिए । याे समाचार मनिसा झाले अन्नपूर्णमा लेखेकी छन् ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह