भाइ मन्त्री भएपछि श्यामनन्दनलाई एउटै मन्त्रालयबाट २३ योजनाको ठेक्का

भाइ मन्त्री भएपछि श्यामनन्दनलाई एउटै मन्त्रालयबाट २३ योजनाको ठेक्का

thekka

काठमाडौं- प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले सामाजिक विकास मन्त्रालयअन्तर्गतका २३ वटा योजना दाजु श्यामनन्दन यादवलाई सुम्पेका छन् । यादवको सिफारिसमा मन्त्रालयले श्यामनन्दनलाई ६ करोड १७ लाख रुपैयाँबराबरका योजना पारिदिएको कान्तिपुर दैनिकमा खबर छ।

विभिन्न शीर्षकका ती योजना ५ लाखदेखि १ करोड रुपैयाँसम्मका छन्। प्राप्त मन्त्रालयको चौमासिक विभाजन फारममा २३ वटै योजना सिफारिसकर्तामा मन्त्री यादव र कैफियतमा सम्पर्कव्यक्ति भनी श्यामनन्दनको नाम र मोबाइल नम्बर लेखिएको छ। सबै योजना सिरहा जिल्लाकै हुन्।

यसमा सुखीपुर नगरपालिका, सिलर्वापदवारीको इतहादु आधारभूत विद्यालयका लागि ७ लाख, औरही गाउँपालिकाको खजनपुर पिपरामा जनता आधारभूत विद्यालयका लागि २५ लाख, जनता मावि बरियारपटीको ८ कोठे भवन, कम्प्युटर ल्याब र पर्खाल निर्माणका लागि १ करोड र बरियारपटी-४ मा सामुदायिक भवन निर्माणका लागि १५ लाख रुपैयाँका योजना छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ