पोखरा । रामबहादुर पौडेल लगायतका अभियन्ताहरुको अगुवाईमा पोखरा वृहत सफाई अभियानको १५२ औं श्रृंखला सम्पन्न भइसकेको छ । अभियानले फेवातालमा मिसिने फिर्के बुलौंदीमा सरसफाई गरिसकेको छ । सरसफाई भन्ने कुरा एक दिन गरिने कुरा हैन, अभियानले फोहोर छ, फोहोर नगरौं भनेर सचेतनाका लागि नै सफाई गरेको हो । सधैं अभियानले आएर खोला र ताल सफा गर्छ भन्ने हैन । पोखराको गौरव फेवाताल, पोखरेलीकै कारण कुरुप बन्दै गएको छ, पुरिँदै गएको छ, फोहोर बन्दै गएको छ ।
१० दिन अघि फेवातालको ड्यामसाईडस्थित गाईघाटमा फिर्केखोलाले बगाइल्याउने फोहरमैला रोक्न अस्थायी चेकड्याम निर्माण गरियो ।

बृहत् सफाइ अभियानको विशेष पहल र पोखरा महानगरको सहयोगमा निर्मित उक्त चेकड्याम ठड्याउन नेपाल प्रहरीको पार्दीमा रहेको गणबाट आवश्यक जनशक्ति खटाइएको थियो । फिर्के खोलाबाट बगेर आउने फोहोरले फेवाताल प्रदुषित हुने क्रम बढेपछि उक्त खोलामा मेटल र जालीको चेक ड्याम बनाइएको हो ।

एक हप्ता बीचमै ड्याममा फोहोरको डंगुर लाग्यो । पोखरा महानगरपालिकाका प्रशासकीय अधिकृत शेषनारायण पौडेल फेवातालको प्रदुषण रोक्ने दीर्घकालीन समाधान चाहिँ फिर्के लगायतका खोलाहरुमा चेकरसिल्ट ड्याम बनाउने तथा खोलामा फोहोर फाल्ने कामलाई निषेध र दण्डित गर्नु नै रहेको बताउँदै जसको लागि महानगरले प्रक्रिया अगाडि बढाएको जनाएका छन् ।

बृहत् पोखरा सफाइ अभियान अन्तर्गत शनिबार फिर्के खोलाबाट फेवातालमा मिसिएको फोहोरमैला हटाएर ताल सफा गरिएको थियो । बेगनासताल सफाई अभियानले समेत फेवाताल सफाई अभियानमा साथ दिएको छ ।






सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ