मुस्ताङमा चौरीको रगत खान सर्वसाधारणको ताँती

मुस्ताङमा चौरीको रगत खान सर्वसाधारणको ताँती

Chauri

सुन्दरकुमार थकाली,  मुस्ताङ । औशी,चैते दशै र नयावर्ष लगत्तै मुस्ताङको बोक्सीखोलामा चौरीको आलो रगत खान सर्वसाधरणको ताँती लागेको छ । थासाङको ब्यवसायिक पशुपालक संस्था धौलागिरी चौरीपालक किसान समितिले सोमबारदेखि यो अवसर जुराएको हो । यतिखेर जिल्ला बाहिरका सयौं सर्वसाधारण प्राकृतिक उपचारका लागि बोक्सीखोला गएका छन् ।

कालिगण्डकी करिडोरको बेनी-जोमसोम सडकको पश्चिमतर्फको नदी किनारमा मेला लागेको हो । झन्डै १ दर्जन घरधुरी किसानका करिव १ हजार बढी चौरीयाकको रगत बिक्री गर्ने समितिका अध्यक्ष गोबिन्द शेचरनले जानकारी दिए । उनले एक चौरीयाकबाट १० देखि ४० गिलास सम्म रगत निकालिने जनाए । पशुको स्वास्थ्य अवस्था परिक्षण गरेर रगत निकालिने उनको भनाई छ । वशन्तऋतुको सन्तुलित याममा खर्कबाट बस्ती छेउ झारिने चौरीयाकको रगत बिक्री गर्ने पुरानो प्रचलन हो ।

मुस्ताङका बिभिन्न स्थानीयतहमा वर्षेनी यसप्रकारको रगत खाने मेला आयोजना हुन्छ । मासु प्रजनन्, दुधका परिकारबाट आर्थिक मुनाफा कमाईरहेका पशुपालक किसानले रगत निकालेर बिक्री गर्ने दोश्रो आम्दानीको रुपमा लिईन्छ । यतिखेर बोक्सी खोलामा रगत खानेको ताँतीनै छ । एकातिर रगत बिक्री हुन्छ, अर्कोतर्फ अल्पकालिन व्यवसाय गरेर आम्दानीको गतिलो फाईदा कमाएका छन् । बोक्सी खोलामा रगत खान आउनेका लागि लक्षित गर्दै दुई दर्जन टहरामा रेष्टुरेन्ट गरिएको छ ।

बिहानैबाट १२ बजे सम्म रगत खाने कार्यक्रम हुन्छ , त्यसपछि तारो हान्ने खेल आदी खेलाईन्छ । यसबर्ष चौरीको आलो रगतलाई प्रती ग्लास ३ सयमा बिक्री गरेको समितिले जनाएको छ । धौलागिरि चौरी पालक किसान समितिको आयोजना गरेको मेलामा मुस्ताङसहित म्याग्दी, पर्बत, बाग्लुङ, कास्की, तनहु, स्याङ्जा र काठमान्डौ लगायतका सर्बसाधारण छन् । पन्ध्र जना चौरी पालक किसानले पालेको चौरीबाट आवश्यकता अनुसार रगत निकाल्ने गरिन्छ ।

हिमाली लेकका चौरीको आलो रगत स्वास्थका लागि लाभकर हुने गर्दछ । चौपायाले पाँचऔले, निरमसी, जटामसी र यार्सा गुम्बा जस्ता जटिबुटी खाने हुदाँ यसले पेट सम्बन्धी रोग निकोभई शारिरीक स्फुर्ती बढ्ने जनविश्वास छ ।

पोखराबाट रगत पिउन मुस्ताङ आएका नर बहादुर पुनले— चौरीको रगत पिउन थाले आफ्नो स्वास्थ्यमा सुधार आएको बताए । उनले— बर्षेनी एक साता सम्म बसेर चौरीको रगत खाएर फर्कने गरेको उल्लेख गरे ।

http://gandaknews.com/mustang-chauri/

http://gandaknews.com/chauri-mustang/

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ