मोरङ– भैंसी करणी (बलात्कार) गरेको आरोपमा मोरङको रतुवामाइ नगरपालिका–२ का ४० वर्षीय मङ्गल हस्दा विरुद्ध मुद्दा दर्ता भएको छ । स्थानीय रानी टुढुले पालेको भैंसीलाई बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता भएको हो ।
छिमेकी टुढुको गोठमा बाँधिएको भैंसीलाई गोठबाट फुकाएर केही पर बाँस झ्ङगमा लागेर विहीवार हस्दाले करणी गरेको अभियोग लगाउँदै टुढुले जिल्ला अदालतमा शुक्रवार ‘फिराद’ दर्ता गरेकी हुन् ।
इलाका प्रहरी कार्यालय सिजुवाको अनुसार गोठबाट भैंसी फुकाएर नजिकैको करणी भएको स्थानमा फेला परेको कपडाका आधारमा आरोपीलाई पक्राउ गरिएको हो । गोठमा बाँधिएको भैंसी हराएपछि भैसीको खोजी गर्ने क्रममा दुबै खुट्टा बाँधिएको अवस्थामा फेला परेको थियो । अनुसन्धानका क्रममा छिमेकी हस्दाको कपडा उक्त स्थानमा फेला परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । त्यसक्रममा हस्दाले भैंसीमाथि करणी गरेको स्वीकार गरेका थिए ।
मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद – १८ करणी सम्बन्धी कसूरको व्यवस्था गरिएको छ । ऐनको दफा २२७ मा पशु करणी गर्न नहुने उल्लेख गरिएको छ । सोही दफाको उपदफा एकमा कसैले पनि पशु करणी गर्नु वा गराउनु हुँदैन भनि उल्लेख गरिएको छ ।
त्यस्तै सोही दफाको उपदफा २ मा भनिएको छ–उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई गाईको करणी गरे वा गराएको भए दुई वर्षसम्म कैद र बीस हजार रुपैयाँसम्म जरिबाना र अन्य पशु करणी गरे वा गराएको भए एक वर्षसम्म कैद र दश हजार रुपैंयाँसम्म जरिबाना हुनेछ ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष