पोखराको छोरेपाटन स्थित गुप्तेश्वर महादेव मन्दिरमा सन्ध्याकालिन आरती सुरु भएको छ । धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गुप्तेश्वर गुफा सम्मुख आरती सुरु गरिएको हो ।
पशुपतिनाथ मन्दिरझैं पोखराका विन्ध्यवासिनी र तालबाराही मन्दिरमा सन्ध्याकालीन आरती सुरु भईसकेको छ । पोखरा महानगरपालिका वडा नं. १७ का वडा अध्यक्ष तिर्थराज अधिकारीले सन्ध्याकालीन आरतीको शुभारम्भ गरे ।
गुप्तेश्वर गुफा व्यवस्थापन समितिको संयोजनमा गुफा परिसरमा हुने आरतीमा तीन जना पुरोहितहरुले भजनको धुन सँगै आरती गर्ने बताइएको छ ।
सुन्दरताको आनन्द लिन पोखरा आएका विदेशी र स्वदेशी पर्यटकहरुले आरतीसँगै आनन्द प्राप्त गर्दै भक्तिभावमा डुबेर केहि समय बसाईं बढाउन् भन्ने उद्देश्यले आरती सुरु गरिएको गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितीका अध्यक्ष विस्णु पौडेलले जनाए ।
शुभकार्य, जन्मोत्सव, शुभसाइतका साथै दिर्घायु र सुस्वास्थ्यको कामनाका साथै धार्मिक पर्यटकलाई बढाउने मुख्य उद्देश्यले आरतीको सुरुवात गरिएको पौडेलले बताए । प्रत्येक हप्ताको सोमबार आरती गरिने र आरतीका लागि मासिक २० हजार रुपैया खर्च हुने पूजा व्यवस्थापन समितीका संयोजक सिता बरालले जानकारी दिए ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु