नेपालमा हुनसक्ने विमान दुर्घटनाका घटनामा उद्धारकार्यलाई चुस्त र दुरुस्त बनाउने उद्देश्यले उद्धारमा जुट्ने सुरक्षाकर्मीहरुलाई काभेको धुलिखेलमा नमुना अभ्यास गराइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र नागरिक उड्डयन प्राधिकरणले हवाई दुर्घटना भइहालेमा जतिसक्दो छिटो उद्धार गर्नका लागि नमुना अभ्यास गराएका हुन् ।
काभ्रेपलाञ्चोकको धुलिखेलस्थित देवीथान डाँडामा गरिएको अभ्यासकाक्रममा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा नागरिक उड्डयन प्राधिकरणका कर्मचारीले विमान दुर्घटनाको घटनास्थल पहिचान गरी उद्धार टोली खटाइ उद्धार गरेका थिए ।
अभ्यासकैक्रममा अन्तराष्ट्रिय विमानस्थलको रेस्क्यु कोर्डिनेसन सेन्टरले विमान हराएको सूचना प्राप्त गरेपछि दुर्घटनास्थलको सम्बन्धित क्षेत्र अनुमान गरी सो क्षेत्रका जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र सम्बन्धित निकायलाई सूचना प्रवाह गरेको थियो ।
त्यस्तै, दुर्घटनामा ज्यान गुमाएकाहरुको शव संकलन गर्ने र घाइतेहरुको उद्धारको पनि अभ्यास गरिएको थियो ।घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी नजिकको अस्पताल पुर्याइएको थियो ।
अन्तर्राष्ट्रिय अभ्यासअन्तर्गत् नेपालले पनि हरेक दुई वर्षमा यस प्रकारको नमुना अभ्यास गर्ने गरिएको र यसले उद्धार टोलीलाई कुनैपनि दुर्घटना हुनेबित्तिकै द्रुतगतिमा उद्धारकार्य गर्न सहज हुने र क्षति न्यूनीकरणमा सहयोग पुग्ने नेपाली सेनाका प्रमुख सेनानी सुवास खड्काको भनाइ छ ।
यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख राजकुमार क्षत्रीले यस प्रकारको नमुना अभ्यासले सम्बन्धित निकायका व्यक्तिहरु बढी चनाखो हुने धारणा व्यक्त गरे । नमुना अभ्यासलाई स्थानीयले भने फरक तरिकाले पनि बुझेको पाइयो । एक बालक नेपाली सेनाको हेलिकोप्टरले राहत वितरण गरेको भन्दै अभ्यासस्थल आइपुगेका थिए ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष