सेलिब्रिटी शेप अप च्यालेन्ज – निशा पन्थी Vs १५ केजी वजन

सेलिब्रिटी शेप अप च्यालेन्ज – निशा पन्थी Vs १५ केजी वजन

Nisha-panthi-shapup

भनिन्छ, मोटो शरिर रोगको भण्डार हो । मोटोपन सुन्दरता र स्वस्थता दुवैका बाधक हुन् । अबिसिटी तथा मोटोपनाले विभिन्न रोगहरु निम्त्याउने हुँदा त्यसलाई नियन्त्रण गर्ने लक्ष्यले पोखरा महानगरपालिका न्यूरोड स्थित शेप अप स्लिमिङ सेन्टरले सेलिब्रिटी शेपअप च्यालेन्ज गर्दैछ ।

३ महिने फिट्नेश च्यालेन्जमा प्रथम प्रतियोगीका रुपमा सञ्चारकर्मी तथा होष्ट निशा पन्थी रहनेछिन् । यो च्यालेन्जमा शेप अप स्लिमिङ सेन्टरले पन्थीलाई प्राकृतिक तरिकाले ३ महिनामा बिना कुनै साइड इफेक्ट १५ केजी सम्म घटाउने निर्णय छ । प्रतियोगिताको फम्र्याट नै ३ महिनामा १५ केजी सम्म घटाउने हो ।

सेलिब्रिटी शेपअप च्यालेन्जमा पहिलो प्रतियोगी हुन पाउँदा पन्थीले अत्यन्तै खुशी लागेको प्रतिक्रिया दिईन् । स्वस्थ रहन व्यायामको आवश्यकता छ तर व्यस्त मानिसहरुलाई समयको अभाव, शहरमा स्थान अभावले पनि यो शेप अप अत्यन्तै राम्रो विकल्प रहेको संस्थाका म्यानेजर सविता कर्मचार्यले बताईन् ।

मोटोपनलाई बेलैमा नियन्त्रण नगरे विभिन्न रोगहरु जस्तै मुटुरोग, अबिसिटी, उच्च रक्तचाप, स्ट्रोक, कालेजोमा बोसो जम्ने, मानसिक तनाव, क्यान्सर, पत्थरी देखी अकालमै मृत्यु समेत हुन्छ । यो प्रविधि प्रेसर हाइ हुने, थाइराइड हुने बिरामीलाई समेत उपयुक्त रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ