भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा –१ तिम्माको धोद्रे जङ्गलमा प्रहरी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीका कार्यकर्ता विच मुठभेट भएको छ । मंगलबार दिउँसो भएको मुठभेटमा प्रहरीको गोली लागी षडानन्द नगरपालिका वडा नं. २ कुदाककाउले घर भएका विप्लव कार्यकर्ता तिर्थराज घिमिरे घाइते भएको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए ।
सुरक्षा स्रोतका अनुसार घिमिरेको खुट्टामा गोली लागेको छ । घिमिरेलाई उपचारका धरान लैजाने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी खतिवडा भनाई छ । घिमिरेको साथमा हतियारसमेत फेला परेको बताइएको छ । सो ठाउँ छिनामखु र खोटाङ्गको केपलासगढी गाउँपालिकाको सिमा क्षेत्रमा पर्दछ ।
सो क्रममा कार्यकर्ताहरुले प्रहरीमाथि फायर खोलेको र जवाफी कारवाहीमा घिमिरेलाई गोलि लागेको प्रजिअ खतिवडाले बताए । दर्जनौंको समुहमा रहेका हतियारधारी समूह त्यहाँबाट जङ्गलको बाटो हुँदै भागेको बताइएको छ ।
विगत केहिदिनदेखि भोजपुर, खोटाङ्ग र सोलुखुम्बुको सिमा क्षेत्र मैयुङ्ग, दोभानेमा विप्लवका हतियारधारी लडाकुहरु रहेको प्रहरीले सूचना पाएको थियो । सोहि सूचनाको आधारमा प्रहरी, सशस्त्र प्रहरी लगायतको टोलीले चारैतिरबाट घेरा हालिरहेको थियो । घटनाको विस्तृत विवरण अझै आउन बाँकी रहेको प्रजिअ खतिवडाले वताए ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष