डडेलधुरा : धनगढीबाट बझाङका लागि छुटेको बस गत बैसाख ११ गते डडेलधुराको गन्यापधुरा गाउँपालिकाअन्तर्गत साहुखर्कमा भएको दुर्घटनाका बस चालक पुर्पक्षका लागि जिल्ला कारागार चलान भएका छन् । जिल्ला अदालत डडेलधुराले सोमबार बस चालक बझाङ जिल्ला विथ्यडचिर गाउँपालिका–२ का अमृत बोहरालाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
५ जनाको घटनास्थलमै र १ जनाको उपचारको क्रममा मृत्यु भएको घटनामा चालक बोहरालाई सवारी ज्यान मुद्धाको सम्पुर्ण अनुसन्धानपश्चात् पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रमुख डम्बर बहादुर केसीले बताए ।
बोहराले चलाएको ना४ख १८३१ नम्बरको यात्रुबाहक बस साहुर्खकमा दुर्घटना हुदाँ ६ जनाको मृत्यु भएको थियो भने ३३ जना घाइते भएका थिए। उनीसँग सवारी चालक अनुमतिपत्र भने रहेको जनाइएको छ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ु को दफा ४५ को व्यवस्था र दफा १६१९२० को लापरबाहीपूर्वक सवारी चलाउँदा मानिसको मृत्यु भएमा हुने सजायसम्बन्धी व्यवस्थाअनुसार बोहरालाई कारगार चलान गरिएको हो । जसअनुसार २ वर्षदेखि १० वर्षसम्म कैद सजाय वा अदालतले तोकेबमोजिम हुने व्यवस्था छ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष