वीरगन्ज : बाराको परवानीपुर गाउँपालिका—१ बुनियाद टोलमा मानसिक सन्तुलन गुमाएकी १६ वर्षीया किशोरीलाई दुई युवकले सामूहिक बलात्कार गरेका छन् । सोमबार बेलुकी ८ बजे बुनियादमा पुगेकी युवतीलाई ३० वर्षीय रामअयोध्या मण्डल र उनका साथीले सामूहिक बलात्कार गरेका हुन् ।
बलात्कारमा संलग्नमध्येका मण्डल पक्राउ परिसकेका छन् भने उनका साथी फरार छन्। फरारको पहिचान खुलिसके पनि पक्राउ नपरेकाले उनको नाम सार्वजनिक नगरिएको बाराका प्रहरी नायब उपरीक्षक रन्जितसिंह राठौरले बताए।
सोमबार बेलुकी बुनियाद गाउँमा रहेको नर्सरी नजिकैको सडकमा हिँडिरहेका बेला युवतीलाई प्रसौनी गाउँबाट साइकलमा घर फर्किरहेका मण्डल र उनका साथीले भेटेपछि साइकलमा चढाएर बाँसघारीमा लगेर बलात्कार गरेका थिए ।
मण्डललाई स्थानीयले पक्राउ गरेर प्रहरीलाई बुझाएको तर, उनका साथी भने भाग्न सफल भएको राठौरले बताए । पीडित युवती र पक्राउ परेका मण्डल दुवैको जिल्ला अस्पताल कलैयामा स्वास्थ्य परीक्षण गराइएको थियो। स्वास्थ्य परीक्षणपछि पीडित युुवतीलाई वीरगन्जस्थित मानव सेवा आश्रममा राखिएको छ । प्रहरीका अनुसार पीडित युवती राम्रोसँग बोल्न नसक्ने र मानसिक सन्तुलन पनि ठिक नभएका कारण नाम र ठेगाना खुल्न सकेको छैन।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष