पोखरा : पर्यटकीय नगरी पोखरामा युवा लागु औषधको लतमा फस्दै गएपछि प्रहरी प्रशासन लागू औषध निस्तेज महाअभियानमा जुटेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले वैशाख ३० गतेदेखि १२ बुँदे कार्ययोजना बनाई पोखराका युवा पुस्तामा फैलिदै गएको लागु औषध नियन्त्रण गर्न अभियान थालेको हो।
यसै अभियानको क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीले लागु औषधसहित २ महिलासहित सातजनालाई पक्राउ गरेर गरेको हो। प्रहरी निरीक्षक सागर पन्तको कमाण्डमा खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका ९ पृथ्वीचोकस्थित एक होटलबाट लागु औषध ओसारपोसार गरी बिक्री वितरण गर्ने सातजनालाई नियन्त्रणमा लिएको हो।
बुर्फिमर्फन ३ सय ४१ थान, डाइजापाम ३ सय ४१, फेनेरागन ३ सय ४१ थान र नाइट्रोसन १ सय चक्कीसहित १२ सय २८ थान बरामद गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रविन्द्रमान गुरुङले जानकारी दिए।
लागू औषधसहित पक्राउ पर्नेमा रुपन्देही रोहीणी गाउँपालिका धगधगी बस्ने ४३ वर्षका रामवृक्ष कोहार, सोही स्थान बस्ने वर्ष ४० की तेतरी कोहार, वर्ष २० की सोनम कोहार, पोखरा महानगरपालिका १ का २६ वर्षीय अनिल गुरुङ, पोखरा २८ बस्ने वर्ष २० का शुक्रराज सुनार, पोखार १३ का ४४ वर्षीय बिक्रम विक, पोखरा ३२ का ३४ वर्षीय अजय गुरुङ रहेको उनले जानकारी दिए।
प्रहरी अनुसन्धानको क्रममा डिलरले लागु औषध भित्र्याउन आईएमईमार्फत् रकम भूक्तानी गरेको खुलेको छ। पक्राउ परेकासँग सोधपुछ र अनुसन्धानका क्रममा बोर्डरका जिल्लाबाट पैसा निकाली भारतबाट लागू औषध नेपाल भित्र्याउने गरिएको खुलेको हो।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’