पोखरा : पर्यटकीय नगरी पोखरामा युवा लागु औषधको लतमा फस्दै गएपछि प्रहरी प्रशासन लागू औषध निस्तेज महाअभियानमा जुटेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले वैशाख ३० गतेदेखि १२ बुँदे कार्ययोजना बनाई पोखराका युवा पुस्तामा फैलिदै गएको लागु औषध नियन्त्रण गर्न अभियान थालेको हो।
यसै अभियानको क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीले लागु औषधसहित २ महिलासहित सातजनालाई पक्राउ गरेर गरेको हो। प्रहरी निरीक्षक सागर पन्तको कमाण्डमा खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका ९ पृथ्वीचोकस्थित एक होटलबाट लागु औषध ओसारपोसार गरी बिक्री वितरण गर्ने सातजनालाई नियन्त्रणमा लिएको हो।
बुर्फिमर्फन ३ सय ४१ थान, डाइजापाम ३ सय ४१, फेनेरागन ३ सय ४१ थान र नाइट्रोसन १ सय चक्कीसहित १२ सय २८ थान बरामद गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रविन्द्रमान गुरुङले जानकारी दिए।
लागू औषधसहित पक्राउ पर्नेमा रुपन्देही रोहीणी गाउँपालिका धगधगी बस्ने ४३ वर्षका रामवृक्ष कोहार, सोही स्थान बस्ने वर्ष ४० की तेतरी कोहार, वर्ष २० की सोनम कोहार, पोखरा महानगरपालिका १ का २६ वर्षीय अनिल गुरुङ, पोखरा २८ बस्ने वर्ष २० का शुक्रराज सुनार, पोखार १३ का ४४ वर्षीय बिक्रम विक, पोखरा ३२ का ३४ वर्षीय अजय गुरुङ रहेको उनले जानकारी दिए।
प्रहरी अनुसन्धानको क्रममा डिलरले लागु औषध भित्र्याउन आईएमईमार्फत् रकम भूक्तानी गरेको खुलेको छ। पक्राउ परेकासँग सोधपुछ र अनुसन्धानका क्रममा बोर्डरका जिल्लाबाट पैसा निकाली भारतबाट लागू औषध नेपाल भित्र्याउने गरिएको खुलेको हो।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु