बालुवाटार जग्गा प्रकरणमा मुछिएका नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले आफूले नागरिकको विश्वास कहिल्यै नबेच्ने बताएका छन् । आफ्नो निर्वाचन क्षेत्र बुटवलमा आइतबार आयोजित कार्यक्रममा बोल्दै पौडेलले विभिन्न ढंगबाट आफूविरूद्ध फैलाइएका हल्लाका पछाडि नलाग्न कार्यकर्तालाई आग्रह गरे।
‘तपाईंहरूको इमान, जमान र विश्वास बेच्ने मान्छे होइन विष्णु पौडेल,’ उनले भने । आफू रूपन्देहीका जनताको परीक्षणबाट उत्तीर्ण भएको उल्लेख गर्दै उनले जनताको भावनामा कुठाराघात गर्ने र यहाँका जनताको शिर झुक्ने काम कहिल्यै नगर्ने र अरुलाई पनि गर्न नदिने जिकिर गरे।
‘विष्णु पौडेल तपाईंहरूको शिर झुक्ने गरी कहिल्यै पनि काम गर्ने छैन, तपाईंहरू बिचलित नहुनुस्,’ उनले कार्यकर्तालाई आश्वासन दिए। जनताले दिएको अभिमतको दुरूपयोग गर्ने काममा कहिल्यै नलागेको र अबका दिनमा पनि नलाग्ने उनको दाबी छ।
‘म तपाईंहरूले दिएको अभिमतलाई सम्मान गरेर अगाडि बढ्नेछु, त्यसमा तलमाथि हुने छैन,’ पौडेलले भने। सत्तारूढ दलका महासचिव तथा पूर्वअर्थमन्त्री पौडेलमाथि भूमाफियासँग मिलेर बालुवाटारस्थित ललिता निवासको विवादित ८ आना जग्गा किनेको आरोप छ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’