कान्तिपुर पब्लिकेसनबाट प्रकाशित हुने नेपाल साप्ताहिक हेटौंडामा जलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्केच बनाएर नेपालले ‘क. बाहुबली’ शीर्षकमा छापिएको १९ जेठ २०७६ को अंक जलाइएको हो।
‘२१ घटनाले बताउँछन् ओलीमा शक्तिको असीमित तिर्खा छ’ सव-हेडलाइन राखेर नेपालले समाचार छापेको थियो। कभर फोटोलाई लिएर सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले सामाजिक सञ्जालमा पनि आलोचना गरिराखेका छन्।
आइतबार हेटौंडा बजारको चोकमा सत्तारूढ नेकपाकै कार्यकर्ताले नेपाल साप्ताहिक जलाएका हुन्। उनीहरुले कति प्रति जलाए भन्ने खुलेको छैन । ‘म्यागेजिन हिजो जलाएका रहेछन् मैले आज बिहान थाहा पाएँ,’ नेपाल साप्ताहिकका सम्पादक बसन्त बस्नेतले भने, ‘पत्रिका जलाउने घटना आफैंमा दु:खद हो।’
पत्रिकामा छापिएका विषयमा चित्त नबुझे खण्डन पठाउने वा अन्य प्रक्रिया अपनाउने विकल्प हुँदाहुँदै त्यसतर्फ नलागी पत्रिका जलाइएको उनले बताए । ‘म्यागेजिनमा अलि सिर्जनशील कभर राख्ने हाम्रोमात्र होइन अन्तर्राष्ट्रिय अभ्यास नै हो,’ उनले सेतोपाटीसँग भने, ‘विगतमा यस्तै धेरै कभर बनाएका थियौं। शेरबहादुर देउवाको सुरूवाल खुस्किएको कभरमै छापेका थियौं।’

उनले कभरमा छापिएका फोटो कसैको चरित्र हत्या गर्ने नियतले नछापिने पनि प्रष्ट पारे । ‘कभर पेजमा छापेर चरित्र हत्या गर्ने हाम्रो नियत होइन। सिर्जनशील तरिकाले फोटो बनाइएका मात्र हुन्,’ उनले भने। नेपाल साप्ताहिक जलाउनेको पहिचान नखुले पनि उनीहरु सत्तापक्षका कार्यकर्ता भएको उनले बताए।
‘म्यागेजिन जलाउने एक जना त पूर्वपत्रकार पनि हुनुहुँदो रहेछ,’ उनले भने । यस अंकको कभर सार्वजनिक गरेपछि आलोचना भइराखेको उनले बताए । ‘कभर सार्वजनिक गरेपछि आलोचना भइराखेको छ। यो स्वभाविक नै मान्छु,’ उनले भने, ‘केहीले फोन गरेर साह्रै नकारात्मक खालको पनि कुराहरू गर्नुभयो।’
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष