काठमाडौं । अमेरिकाकी जेसिका कोक्सका जन्मिँदा हात थिएनन् । तर, उनी सामान्य मानिसलाई पनि गाह्रो हुने काम सहजै गर्ने गर्छिन् । सबैभन्दा महत्वपूर्ण कुरा उनी पाइलट हुन् । उनले बालककालदेखि नै कृत्रिम हातको सहारामा चल्ने गर्थिन् । तर, उनले त्यसलाई कहिल्यै पनि कमजोरी मानिन् । साथै आफ्ना खुट्टाको सहाराले नै सबै काम गर्न थालिन् ।
जेसिका जन्मिँदा उनका आमाबाबु पनि दुःखी बनेका थिए । तर, ठूलो भएपछि उनले कहिले पनि हात नभएको अभाव महशुस हुन दिइनन् । जेसिका पनि आफ्नो सफलताको श्रेय आफ्ना बाबुआमालाई दिने गरेकी छिन् ।
उनको लागि ठूलो भएपछि पनि बाटो त्यति सजिलो भने थिएन । त्यसका लागि उनले विभिन्न समयमा कठिन परीक्षाको सामना गर्नुपरेको थिए । उनले कजेलमा पढ्दा मिहिनेत गरेर नृत्य, पौडी र मोडलिङ पनि सिकेकी थिइन् । अहिले उनले प्रेरणादायी वक्ताको रुपमा २० भन्दा बढी मुलुकको भ्रमण गरिसकेकी छिन् ।
जेसिकाका अनुसार उनलाई प्लेन उडाउने हिम्मत एक पाइलटबाट मिलेको थियो । सन् २००५ मा युनिभर्सिटी अफ एरिजोनाबाट ग्र्याजुएशनपछि पाइलटको तालिम शुरु गरेका थिए । तर, यो त्यति सहज भने थिएन । उनलाई प्रशिक्षण दिनेले पनि निकै कठिनाइको सामना गरेका थिए । सन् २००८ मा अन्ततः उनी एक पाइलटकोे रुपमा तयार भएकी थिइन् ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष